• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपचारका लागि आर्थिक सहयोग गर्न सबैमा परिवारको अपिल




निराजन सिर्पाली
रुकुम, १७ चैत । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङ मा बस्ने चन्द्रकला बुढा विगत २५ वर्षदेखि पत्ता नलाग्ने रोगले थलिनुभएको छ ।No description available.

६५ वर्षीय बुढाले आफुले उपचार गर्दा पनि रोग पत्ता नलागेकाले आफूहरु पनि थाकिसकेको र आर्थिक अबस्थामा पनि निकै कम्जोर भइसकेकोले अब आफुलाई कसैले सहयोग गरे उपचार गरेर आफू ठिक हुने इच्छा देखाउनु भएको छ ।

आहिले उहाँ हिड्न र सुत्न पनि सक्नुहुन्न दिनरात बसेरै उहाँको दैनिकी बितिरहेको छ । हिड्न नसक्दा दिसापिसाब गर्न पनि निकै गार्‍हो भएको छ ।

२५ वर्ष यता उहाँको खुट्टामा घाउ हुने चिलाउने अनि बिस्तारै मासु कुहिएर गल्ने समस्या देखापर्ने गरेको छ । योभन्दा अगाडि देभ्रे खुट्टामा पनि उस्तै समस्या थियो । धेरै औषधि उपचार र अप्रेसन गरेर खुट्टा काटेपछि भने त्यो खुट्टा ठिक भएको तर फेरि सोही समस्या अर्को दाहिने खुट्टामा देखा परेपछि अब कसरी उपचार खर्च जुटाउने र उपचार गर्ने भन्ने अर्को तनावमा परिवार डुबेको उहाँको बुहारी गौचना बुढाले बताउनुभयो ।No description available.

अहिले उहाँको दैनिकी एउटा कारागारमा बस्ने कैदी भन्दापनि नाजुक अबस्थामा छ ।

उहाले भन्नुभयो एक दुई दिन बिरामी हुदा त सबैलाई कति अप्ठ्यारो हुन्छ मत झन विगत २५ वर्ष देखि नत आरामले सुतुको छु नत कुनै रमाइलो दिनहरु आएको महशुस भएको छ भक्कानिदै भन्नुभयो आफू मर्नपनि नसकिने तर बाँच्दा यो घाउँले पिरोल्दा आफू समाहाल्लिन नसकिने भन्दै मेरो जस्तो दुस्ख र यो रोग दुश्मन लाई पनि नलागोस् भन्दै दिनप्रतिदिन रोईरहनु भएको छ ।

अब ६५ वर्षीय चन्द्रकला र उहाँको परिवारलाई एउटै आशा छ कसैले सहयोग गरे यो दुस्ख बाट मुक्त हुने ।

उहाले बिदेशमा हुने सबै नेपाली दाजुभाइ दिदिबहिनी , मिडियाकर्मी , संघसंस्था , व्यापारी , र सरकारवाला सबैलाई आफुलाई सहयोग गरि नयाँ जीवन दिन अपिल गर्नुभएको छ ।

जसका लागि सहयोगी मनहरुले निम्न नम्बर ९७७९८१२८६८४८०/ ९७७९८४५२०३७८१ मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुने छ ।

Facebook Comments