लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राजधानीको गुरु योजना निर्माण सरकारले समयमै दिन सकेको बताउँदै अग त्यसको कार्यन्वयनको प्रक्रियालाई तिव्रतता दिने बताउनुभएको छ ।

यस्तो कुरा आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बुटवलमा भएको राजधानीको गुरुयोजना हस्तातरण र जग्गा अधिकरण कार्यविधि ग्रहण गर्दै बताउनुभएको हो ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी नमूना योग्य बनाउनको सकिने गरी गुरु योजना बनाएको दावी गर्दै यसलाई आम प्रदेशबासीलाई चित्त प्रसन्न हुने गरी कार्य थानली गरिने बताउनुभयो । उहाँले भन्नुभयोः प्रदेश सरकारले बनाएको योजना अनुसार नै कार्य भएको त्यसका लागि आगाी दिनमा यसलाई सरकारले अब छिटो भन्दा छिटो बनाएर अगाडि बढ्नेछ । ” यस्तो विचार मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणको गुरु योजनाको विषयमा भएको सरोकारवालाको छलफलमा सरोकारवालालाई निर्देशन दिनुभएको छ ।
उहाँले प्रदेश सरकारको पहिलो योजना नै त्यसरी भएकोलाई गुरुयोजनालाई निर्माणका लागि पूर्णता दिएको धन्यवाद दिदँै आगामी दिनमा अझै छिटो छरिटो रुपबाट प्रदान गर्नका लागि अनुरोध निर्देशन गर्नुभएको छ । प्रदेशको राजधानीमा राप्ती गाउँपालिका, गढुवा गाउँपालिका सितगंगा लगायतको भूगोलमा राजधानीको प्रशासनिक केन्द्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, अद्योगिक क्षेत्र, खेदकुद क्षेत्र यातायातको सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास, धार्मीक क्षेत्र, बाल उद्यायन क्षेत्र लगायतको स्थानमा निर्माणमा तिव्रवता प्रदान गरेको हिसावले विकास गर्नका लागि योजना अगाडि सारिएको गुरु योजना निर्माण गएिको छ ।
प्रदेशको राजधानी भर्जिन ल्याण्डमा भएकोले गर्दा भवन निर्माणको क्षेत्र, पार्किङ क्षेत्र, सञ्चार होटेल क्षेत्रको समेत पनि गुरुयोजनामा देखाएको छ । साथै गुरु योजनामा यातायात क्षेत्रको सञ्चालमा ५० मिटरको सडक र ३० मिटरको सडक बनाएर फराकिलो बनाउन सकिने बताउनुभयो । २०७८ साल मंसिर १६ गते भएको मन्त्री परिषद्को बैठकले मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा समिति बनाएको छ । समितिले पदम बैद्धिक, किशोर थापा, कोष नारायण अधिकारी लगायतको विज्ञहरु टोलीले विज्ञता प्रयोग गरी जग्गा अधिकरणको कार्यविधिलाई पूर्णता दिइएको हो ।
लुम्बिनी प्रदेश सरकाका मुख्य न्यायधिबक्ता श्रीकृष्ण सुवेदीले कार्यदलको बैठकबाट अनुभवि कार्यविधिबाट निर्माण गर्नका लागि ठूलो महेनत गर्नुपरेको र प्रदेश सरकारको राजधानी बनाउनको लागि तथा प्रदेशभरीको अन्य जग्गा अधिकरण गर्नका लागि समेत कार्यविधि बनाएको थियो । मुख्य न्यायधिबक्ताले प्रदेश प्राधिकरणका झै छुटै युनिट बनाको लागि कार्यविधि निर्माण गरेको बताउनुभयो । यस्तै प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले प्रदेशको राजधानी निर्माणको विषयमा सबै गम्भिर भएर लागेर योजना पूरा गरेको बतायनुभयो ।
प्रदेश सरकारले मन्त्रालयले संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगामा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरु योजना बनाई कार्यन्वयनमा लग्नुपर्ने बताउनुभयो । आगामी दिनमा छिटो छरिटो रुपमा काम गरी बनाउनको लागि अगाडि बढाउनको लागि निर्देशन गर्नुभएको छ । चैत्र ५ र ६ गते भालुबाङमा बसेर नै सरोकारवाला टिमको छलफल गरी यसलाई अगाडि बढाउनको लागि बताउनुभयो ।
मुख्य न्यायाधिबक्ताले जग्गा अधिकरण कार्यविधि र पूर्वाधार निर्माण प्राधिकरणका कार्यकारी निर्देशन अनन्तराज घिमिरेले राजधानीको गुरु योजना मुख्यमन्त्री केसीलाई बुझाउनु भएको थियो । अबको मन्त्री परिषद् बैठकबाट पारित गरी अब कार्यन्वयन प्रक्रियामा लग्नेछ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
