• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
क्रिकेट लिगको दोस्रो खेलमा पुरन्धारा च्यालेन्जर्स बिजयी




घोराहीको घोराही खेल मैदानमा जारी सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिगको दोस्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले दंगाली लायन माथि १५ रनको जित दर्ता गरेको छ। घोराही खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको पुरन्धाराले १९.५ ओभरमा सबै विकेट गुमाउदै ११४ रन जोडेको थियो। टोलीका लागि अमर सिंह राउटेलाले २४ बलमा २ चौकाको मद्दतले २७ रन जोडे। साथै अजय साहनीले २० बलमा १९ रन प्रहार गरे। अन्य ब्यटरको प्रदर्शन भने सम्झना लायक रहेन।

पुरन्धारालाई सस्तोमा रोक्न दंगाली लायनका सुजल ओलीले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए भने बिक्रम भुसालले ४ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। साथै अनिल खरेलले २ विकेट लिए भने सुमित पराजुलीले १ विकेट हात पारे।

११५ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको दंगालीले मात्रै ९९ रन जोड्दै सम्पूर्ण विकेट गुमायो। टोलीका लागि तृत दसले ३७ बलमा १ चौकाको मद्दतले २९ रन जोडे। साथै कप्तान राजबिर सिंहले २० बलमा २४ रन प्रहार गरे। अन्य ब्यटरको प्रदर्शन भने सम्झना लायक रहेन।

 

दंगालीलाई सस्तोमा रोक्न पुरन्धाराका स्पिनर तुल बहादुर थापाले ४ ओभरमा १ मेडन रख्दै १३ रन खर्चिएर ३ विकेट लिए। साथै कप्तान खत्रीले ४ ओभरमा १० रन खर्चिएर २ विकेट लिए। खेलको म्यान अफ द म्याच स्पिनर तुल बहादुर थापा भए।

 

 

Facebook Comments