चैत्र १२ दाङ। सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग २०७८ को पहिलो खेलमा घोराही टाइगर्स ३ विकेटले बिजयी भएको छ ।
आज भएक़ो पहिलो खेलमा देउखुरी वारीयर्सले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गर्यो वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १३९ रन बनाउन सफल भएको थियो । जसमा बिशाल बिक्रम केसीले ७१ आशीष वलीले २५ र नारायण जोशीले २७ रनको योगदान दिएका थिए । बलिंग तर्फ़ टाइगर्सका लागि अनुप न्यौपाने ले २ राशिद खान, रबिन थापा र सिद्धान्तराज शाहीले समान १,१ विकेट लिएक़ा थिए । १४० रनको विजयी लक्ष्य लिएर मैदानमा छिरेको टाईगर्सले १९.५ बलमा ७ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको थियो । टाइगर्सका लागि शिशिर ड़ीसीले ३३ त्यसै गरी राशिद खान र तुल बहादुर थापाले समान १८,१८ र सुशान्त सिंह थापा र सिद्धान्त राज शाहीले समान १४,१४ रन बनाएका थिए । वारियर्सका लागि आशीष वलीले ३ नारायण जोशीले २ र प्रतिश जीसीले १ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ द म्याच देउखुरी वारियर्सका बिशाल बिक्रम केसी भएका थिए । उक्त पुरस्कार हसपीट्यालिटी पार्टनर एबम भिंग्रेलि भिलेज रिसोर्टका प्रोप्राईटर निरंजन राज भण्डारी ले प्रदान गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।