• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कालिमाटीका सबै वडामा ‘न्यायमा जनताको पहुँच’ कार्यक्रम सम्पन्न




सल्यान, १० चैत । सल्यानको कालिमाटी गाउँपालिकाले सबै वडामा न्यायमा जनताको पहुँच कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सरकारको न्यायीक समितिबाट नागरिकले सहज र सरल तरिकाबाट न्याय पाउने तथा आम महिला, गरिब, पिछडिएका वर्गले विना संकोच न्यायीक समितिमा आउने वातावरण बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कालिमाटी गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक सनशिलता ओली डिसीले जानकारि दिइन् । गत चैत्र १ गतेदेखि शुरु भएको कार्यक्रम ७ वटै वडामा सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

जस अनुसार विहिबार वडा नम्बर ४ मा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अधिवक्ता इन्द्र भण्ण्डारीले स्थानीय न्यायिक समितिको उद्देश्य, महत्व तथा अधिकार क्षेत्रको बारे अभिमुखिकरण गरेका थिए । कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष तथा न्यायीक समिति सदस्य बेल बहादुर चन्द, न्यायीक समितिका उजुरी प्रशासक विजय कुमार वली लगाएत स्थानीयहरुको सहभागिता थियो ।

कार्यक्रममा महिला तथा अन्य सहभागीहरुले अव आफुहरुलाई घर परिवार, समाज कतै पनि अन्यायमा, हिंशामा परेको महसुस भएमा न्यायालय सम्म जाने आंट आएको बताएका थिए । तर न्यायीक समितिले निष्पक्ष र छिटो छरितो तरिकाले न्याय दिनुपर्ने सुझाव उनीहरुले दिएका थिए ।

 

Facebook Comments