पवन पाेख्रेल/ नेपाल मार्सल आर्ट हाप्किडोको केन्द्रिय कार्यक्रम प्युठानमा आयोजना गरिएको छ ।
जिल्लामा हाप्किडोको बिसयलाई पाठ्यक्रममा समेत समाबेस गरि अगाडि बढाउन जनप्रतिनिधिहरुले जोड दिएका छन ।
मान्डबी गाउपालिकाको बिशेस सहयोगमा पाचौ राष्टिय स्तरको हाप्किडो च्याम्पियनसीप प्रतियोगिता प्युठानको मान्डबिमा शनिबारदेखि सुरु भएको हो ।
नेपाल भरका हाप्किडो खेलाडीहरुलाई प्युठानमा जम्मा गराई उत्कृष्ट खेलाडी छनोट गर्ने नेपाल मार्सल आर्ट हाप्किडो संघका जिल्ला अध्यक्ष टेकराज केसिले जानकारी गराउनु भयो ।
कार्यक्रम यहि चैत ७ गतेसम्म सन्चालन हुने समितिले जानकारी दिएकाे छ !
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।