सल्यान, २९ फागुन । सल्यानको बागचौर नगरपालिका ४ पेदिखोला स्थित सरस्वती माध्यामिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरिएको छ ।
३६ लाख रकममा बनाईएको उक्त भवनको उद्घाटन बागचौरका नगरप्रमुख लोकमान बुढाथोकीले एक कार्यक्रका बीच हिजो आइतबार उद्घाटन गरेका हुन् ।
बृहत अभिभावक भेला समेत आयोजित उक्त कार्यक्रममा ‘नवराज पुन जेहेन्दारिता छात्रवृत्ति’ समेत वितरणा गरिएको थियो । गत वर्षको एसईई परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने २ जनालाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।
हाल अमेरिका बस्ने नवराज पुन ले केही समय अघि आफ्नो नाममा अक्षयकोष खडा गरेका थिए,उनी यस विद्यालयमा लामो समय सम्म प्रधानाध्यापकको भूमिकामा रहेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
