तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरमा हरेको गुरु जजुर माध्यमिक बिद्यालयका कक्षा १२ अध्ययनरत विद्यार्थीहरुले सरसफाई अभियान सञ्चालन गरेका छन्।
सो कक्षाका शिक्षा र मानवीय संकायमा अध्ययनरत विद्यार्थीहरुले बिहिबार देखि म सुध्रिए मेरो बिद्यालय सुध्रन्छ भने मुल उद्देश्यका साथ ‘आहा मेरो स्कुल सरसफार्इ अभियान संचालमा ल्याइएको विद्यार्थीले जानकारी गराएका छन्। मंसिरदेखि नै यो अभियान सुरु गर्ने सोच हुँदाहुदै पनि कोवभड १९ का कारण संचालन हुन नसकेको र अब उक्त अभियानलाई निरन्तर सञ्चालन गर्ने विद्यार्थीले बताएका छन्।
विद्यार्थी पढ्नको लागि मात्र नभई आफ्नो जीवनको हरेक यात्रा सुरु गर्ने थलो बिद्यालय भएको कारण बिद्यालय सफा राख्नु हामी सबैको दाहित्व रहेको विद्यार्थीहरुको भनाइ थियो ।
उक्त सरसफाइ अभियानमा कक्षा १२मा अध्यनरत विद्यार्थी केबि वलीले विद्यालय राम्रो बनाउन प्राध्यापकको लगन, विव्यसको अनुगमन र शिक्षकको चिन्तनले मात्र हुदैन विद्यार्थीको अनुशासन पनि आवश्यक पर्छ त्यसकारण सम्पुर्ण विद्यार्थी साथहरु एक अनुशासन निय विद्यार्थी बँन्न पनि आग्रह गरे ।
उक्त अभियान बिद्यालय शिक्षा संगठनका अध्यक्ष ईश्वरीप्रसाद गैरे, प्राध्यापक विष्णु कुमारी खत्री,सम्पुर्ण शिक्षक र कक्षा १२ मा अध्यनरत सम्पुर्ण विद्यार्थीको उपस्थितिमा आहा मेरो सरसफार्इ अभियन सुरु भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सालिक राम बोहरा र कोमलबहादुर वलीले जानकारी दिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
