दाङ, २६ फागुन । आउँदो चैत्र १२ गतेदेखि सुरु हुन लागेको दाङ क्रिकेट लिगसँग शिखर इन्स्युरेन्स कम्पनी लिमिटेड घोराही शाखाले सहकार्य गर्ने भएको छ ।
खेलमा सहभागी हुने सम्पुर्ण खेलाडीहरुलाई प्रतियोगिताका क्रममा निम्तिने जोखिम तथा चोटपटकको सुरक्षाका लागी २ करोड २५ लाख रुपैयाँ बराबरको विमा कम्पनीको तर्फबाट गरिएको हो ।
दाङ क्रिकेट लिगमा सहभागी हुने ७५ खेलाडीहरुको प्रति खेलाडी ३ लाख रुपैयाँका दरले २ करोड २५ लाख रुपैयाँ बराबरको बिमा गरिएको शिखर इन्स्युरेन्स घोराही दाङका ब्रान्च म्यानेजर रवीकिरण केसीले जानकारी दिनुभएको छ ।
यस्तै संघले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग ‘दाङ क्रिकेट लिग’का ५ वटै टिमका मालिकको टुंगो लागी सकेको जनाएको छ । खेलाडीहरुको अक्सन गरेर आयोजना गर्न लागेको प्रतियोगितामा ५ टिमले सहभागीता जनाउँदै छन् ।
दाङमा क्रिकेटको सम्भावनालाई अझ ब्यापक बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला अध्यक्ष प्रदीप मजगैंयाले जानकारी दिनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।