• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही ११ शिवपुरमा अस्थायी प्रहरी चौकीको उद्घाटन 




बिजय रोका क्षत्री
घोराही २६ फागुन । घोराही उपमहानगर पालिका वडा नम्बर ११ शिवपुरमा  बुधबार अस्थायी प्रहरी चौकीको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

घोराही उपमहानगर पालिका ११ का अध्यक्ष कुल बहादुर लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अथिति दाङ जिल्ला प्रमुख अधिकारी हिरालाल रेग्मी, बिशिस्ट अथितिमा एस पि सुरेन्द्र काफ्लेको आतिथ्यता रहेको थियो ।

भौगोलिक दृष्टिकोणको आधारमा अलि बिकट मानिने यश वडामा अहिलेसम्म पनि अस्थायी प्रहरी चौकी नभएको र विभिन्न अपराधीक क्रियाकलाप धेरै हुने भैइरहेको हुदा स्थानीय जनता र जनप्रतिनिधिको अथक प्रयास पछि बुधबार  पुर्णता पाएकोमा खुशी भएको र अब सो वडामा शान्ती सुरक्षाका साथ साथै शुसासनको बाटोतिर अगाडि बढ्नेमा आफू बिस्वस्त रहेको सोही वडाका वडाध्यक्ष कुलबहादुर लामिछानेले जानकारी दिनुभएको छ ।

कार्यक्रम मा बोल्दै लामिछानेले अहिले सुरुवाती क्रममा छौ अब के कसरी अगाडि बढ्ने र आगामी दिनमा आउने विभिन्न सेवा तथा समस्यामा घोराही ११ ले सदैब साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । गाउँघरमा जुवातास लागू औषध दुर्ब्यसनी काठ तस्कर लगायत विभिन्न खाले अपराधिक घटनालाई जरैदेखि निर्मुल पार्न लाई प्रहरीलाई मात्रै एक्लै जिम्मेवारी दिनुभन्दा प्रत्यक्ष जनतासँग सरोकार राख्ने एक मात्र नेपाल प्रहरी हो त्यसैले प्रहरी र जनताको सम्बन्ध भनेको पानी र माछा जस्तो सम्बन्ध हुनुपर्ने उहाँको बताउनुभयो ।                                                              प्रहरीलेमात्र होइन जनता र प्रहरी को संयुक्त साझेदारीबाट जनतालाई शान्ति सुरक्षा दिने हो, हरेक जिम्मेवार ब्यक्तिले सहिलाई सहि गलत लाई गलत भनी प्रहरीको काम कारबाहीमा सहयोग पुर्याउनु पर्छ भन्दै जिप्रका घोराही दाङका एस पि सुरेश काफ्लेले सिङ्गो ११ नम्बर वडालाई बधाई दिनुभएको छ ।

अस्थायी प्रहरी चौकी होइन स्थायी प्रहरी चौकी हुनुपर्छ किनकी हाम्रो यो ठाउँ भनेको एकदमै बिकट र विभिन्न अपराधिक क्रियाकलाप हुने गरेको ठाउमा अस्थायी होइन थाइ हुनु पर्छ भन्दै कार्यक्रममा बोल्ने बक्ता हरुले बताउनु भएको छ ।

घोराही उपमहानगर पालिका ११ का वडा सदस्य ज्ञान बहादुर बिसीको स्वागत मन्तव्य बाटसुरु भएको कार्यक्रममा ध्रुब गौतम चन्द्र बहादुर डाङ्गी ज्ञानेन्द्र वली , गोबिन्द गौतम सुरेन्द्र काफ्ले र हिरालाल रेग्मीले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नुभयो ।              कार्यक्रमको सहजीकरण डम्मर गौतमले गर्नु भएको थियो ।

Facebook Comments