हिक्मत पाेर्तेल । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२ काेलमा बुधबार नेकपा माओवादी केन्द्रकाे अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ ।
नेकपा माओवादी केन्द्र १२ नं. अध्यक्ष तारा प्रसाद रसाइलीकाे सभाध्यक्षमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिका इन्चार्ज जिताराम कामीकाे प्रमुख अतिथ्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश प्रतिनिधि दिपेन्द्र छन्त्यालकाे विशेष अतिथ्य रहेकाे थियाे ।
त्यस्तै नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा वरिष्ठ उपाध्यक्ष जनक छन्त्याल, नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा उपाध्यक्ष दिलु कुमारी बुढा, नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा उपाध्यक्ष तथा वडा नं. १२ का वडा अध्यक्ष गंगा बहादुर पुन, नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा सचिव भिम बहादुर मल्ल, नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा सदस्य तथा पुथा उत्तरगंगा उपाध्यक्ष ओमकुमरी शाही मल्ल लगायतकाे अतिथ्य रहेकाे थियाे ।
अन्तरक्रिया कार्यक्रममा नेकेपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका कमिटी सचिव भिम बहादुर मल्लले केन्द्रीय सरकुलर प्रस्तुत गर्दै पुथा उत्तरगंगा गाउँपालिकाकाे सबै वडा मध्य १२ नं. वडा सबै भन्दा बढी मतदाता भएकाेले १२ नं. निर्णायक मत भएकाेले सबै सक्रिय भएर लागि पर्न निर्देशन दिनु भयाे । मल्लले पावर बैंककाे उदाहरण दिदै यस १२ नं. वडा भाेट बैंक हाे र यसलाई हामीले सहि तरिकाले प्रयोग गर्नु पर्छ यदि हामीले अनावश्यक धङ्गले प्रयोग गर्याै भने लामाे समय नतिक्ने बताउनुभयो ।
यस्तै वडा नं. १२ का वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा उपाध्यक्ष गंगा बहादुर पुनले मन्तव्य राख्ने क्रममा माथिकाे नितृत्व सहि नभए जन स्तरका कार्यकर्तालाई असहज हुने बताउनु भयाे । त्यस्तै सदरमुकाम विवादले फरक पार्टीकाे चुनावी एजेन्डा बनाउदै आएकाे बताउनु भयाे । उहाँले नेपाली काङ्ग्रेस र प्रधानमन्त्री सेर बहादुर देउवालाई समेत्दै यदि काङ्ग्रेसले चाहादा मात्र सदरमुकाम आउने भए सेर बहादुर देउवा प्रधानमन्त्री भएकाे यत्राे समय सम्म किन सदरमुकाम नआएकाेत भन्दै जनतालाई काङ्ग्रेसकाे चुनावी एजेन्डामा भ्रमित नहुन अपिल गर्नु भयाे ।
त्यस्तै नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा पुथा उत्तरगंगा इन्चार्ज जिताराम कार्यक्रममा मन्तव्य राख्दै सबै कार्यकर्तालाई विचलित नभइ सक्रिय रुपमा चुनावी मैदानमा जान र नेतृत्वबाट कुनै गल्ती भएकाे भए त्यस्ता समस्या कमिटी भित्र नै राखी समस्या समाधान गर्न सुझाव दिन पनि अपिल गर्नु भयाे । अन्तरक्रिया तथा भेटघाट कार्यक्रमले संगठन सुदृढीकरण तथा विस्तार तथा चुनावी बाताबरण लगायतका विषयमा पनि छलफल गरि निर्णय गरेकाे छ ।
नेकपा माओवादी केन्द्रकाे अन्तरक्रिया तथा भेटघाट कार्यक्रमकाे सञ्चालन नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा १२ का सचिव मन्जित पुनले गर्नु भएकाे थियाे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
