बिजय रोका क्षत्री
घोराही, २१ फागुन । घोराही उपमहानगरपालिका ११ नं. वडा बासगजेरीका महिलाहरु बिकास निर्माणका काममा अगाडि बढेका छन् ।
सोही वडाका महिलाहरुले हरेक काममा पुरुषहरूको मात्रै अग्रसरता हुने हुँदा आफुहरु सधै पछाडि परिरहेको भन्दै आफै खटियर भवन निर्माणको काम गर्न थालेका हुन् ।
गाउँमा महिला पुरुष जनसंख्याका आधारमा बराबर त होला/ नहोला तर काम र आबश्यक्ताका आधारमा हामी बराबर हुन चाहेको स्थानीय महिला मिना हमाले बताइन् ।
उनले पुरुषले सधै महिलाई तिमीहरुले यो गर्न सक्दैनौ त्यो गर्न सक्दैनौ भन्दै हेपाह प्रबृत्तिले हामीलाई हेर्ने दृष्टिकोणलाई अन्त्य गर्न र हामी मरेर गए पनि भोलि हाम्रा सन्तानहरुले हाम्रो आमाहरुले बनाएको भवन हो भनी आफ्नो नाम राख्नकै लागि आफुहरुले यो कदम काममा अग्रसर भएको स्पष्ट परिन् ।
दुई जना पुरुष मिस्री र पाँच जना महिला गरि जम्मा ७ जनाले सुरु गरेको काम १५ दिन भित्रै सम्पन्न गर्ने लक्ष रहेको सोही उपभोक्ता समितिका अध्यक्ष पुनिकला खडकाले जानकारी दिइन् ।
स्थानीय सरकार घोराही उपमहानगरपालिकाले बिनियोजन गरेको पाँच लाख बजेटबाट बन्न लागेको २ कोठे महिला भवनको लागि स्थानीय बासीहरुको उपस्थितिमा केही दिन अगाडि मात्रै ७ सदस्यीय उपभोक्ता समिति तयार गरि महिलाहरुको मात्र समिति गठन गरिएको थियो ।
गाउँमा महिला सामुदायिक बन , आमा समुह, विभिन्न सहकारी संस्था गरि धेरै महिला संगठनहरु रहेको तर उक्त संगठनहरुका लागि नियमित बैठक बस्नको लागि उपयुक्त स्थानमा भवन नभएको जन गुनासो धेरै आइरहेको हुँदा महिला भबनको लागि पाँच लाख बिनियोजन गरेको र तिनै महिलाहरुको उत्साह र काम गर्न सक्ने दृढ आट र बिश्वास देखेर नै सबै काम महिलाहरुलाई नै हस्तान्तरण गरेको घोराही उपमहानगरपालिका ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेले जानकारी दिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
