घोराही, २१ फागुन । नेटको तार तान्ने क्रममा करेन्ट लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ ।
रोल्पाको गंगादेब गाँउपालिका ७ ढपरि निवासी ३० बर्षिय टिकाराम वलीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
नेटको तार तान्ने क्रममा रोल्पा नगरपालीका ७ निम्रीमा करेन्ट लागेर घटना स्थलमै वलीको मृत्यु भएको बताइएको छ । जमिन बाट काचो लठ्ठीको प्रयोग गरेर नेटको तार बिजुली पोल माथि पु¥याउन खोज्दा वलीको करेन्ट लागेर मृत्यु भएको हो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
