• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ क्रीकेट लिगको हस्पिटालिटि पाटनरको रुपमा भिन्ग्रेली भिलेज रिसोट




दाङ, फागुन २१ दाङ जिल्ला क्रिकेट संघले यहीँ चैत्र १२ गते देखि दाङमा संचालन गर्न लागेको दाङ क्रीकेट लिग- २०७८ को हस्पिटालिटि पाटनरको रुपमा भिन्ग्रेली भिलेज रिसोट हुने भएको छ ।

दाङमा पहिलो पटक ठुलो स्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर हुन लागेको प्रतियोगिता लाइ धरैले चासोको रुपमा लिएका बेला भिन्ग्रेली भिलेज रिसोटले प्रतियोगिता लाइ सफल बनाउन सहोग गर्न लागेको रिसोटका संचालक निरन्जन राज भण्डारीले जानकारी दिनु भयो, “जिल्लामा हुन लागेको यति ठुलो प्रतियोगिता लाई सबैले मिलेर सफल वनआउनु दायित्व भएकोले भएकोले सामाजिक उत्तर दायित्व बहन गरेर प्रतियोगिता लाई सहयोग गर्न लागेको हो’ । भिन्ग्रेली भिलेज रिसोटले प्रतियोगिताको हस्पिटालिटि पाटनरको रुपमा रहेर प्रतियोगिता लाई करिब १ लाख बराबरको सहयोग गर्ने सम्झौता भएको संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनु भयो । यस अघि प्रतियोगिताको संरक्षकको रुपमा घोराही उप महानगर पालिका आगाडी आएको छ भने बिन्न व्यक्तिगत र सस्थागत सहयोग संकलन भैरहेको मजगैयाँले जानकारी दिनु भएको छ ।

Facebook Comments