• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मेचीकालीमा विद्यार्थी अभिमुखीकरण




घोराही, २० फागुन । दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी स्कुलमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
आज शुक्रबार विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरी विद्यार्थी अभिमुखीकरण सम्पन्न गरेकाे हाे ।

अभिमुखीकरणमा डा. चिन्तामणि याेगीले विद्यार्थीहरूलाई अध्ययन कार्यलाई कसरी प्रभावकारी र सहज गराउन प्रशिक्षण दिएका थिए ।

काेराेना प्रभावमा परेका विद्यार्थीवर्गमा खस्कदैं गएकाे पठन संस्कृतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा डा. याेगीले प्रशिक्षण दिएका थिए ।

` विद्यार्थीहरू पढाइसँगै संस्कारी बन्न आवश्यक छ, किताबका ज्ञानसँगै संस्कार, अनुशासन पनि सिक्न जरूरी छ । संस्कार , अनुशासन मानव सभ्यताका सूचक हुन् । व्यवहारिक शिक्षा जीवनकाे महत्त्वपूर्ण शिक्षा हाे ।´ डा. याेगीले थपे, ` गुरूप्रतिकाे आदर, पाठशालाप्रतिकाे आस्था विद्यार्थीबाट कहिल्यै हराउन हुँदैन । ´

कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

विद्यालयका प्रिन्सिपल चक्रबहादुर रावतकाे अध्यक्षता सम्पन्न कार्यक्रमकाे सहजीकरण विद्यालयका इन्चार्ज नवराज खत्रीले गरेका थिए ।

कार्यक्रममा प्रिन्सिपल रावतले सहभागीलाई धन्यवाद ज्ञापन तथा प्रशिक्षकलाई मायाकाे चिनाे प्रदान गरेका थिए ।

Facebook Comments