• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
केसीको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा




दाङ,१९ फागुन । नेपाल पत्रकार महासंघ दाङका सदस्य सुमन केसीको बुबा खिमबहादुर केसीको ४५ बर्षको उमेरमा भएको असामयिक निधन भएकोले १३ औँ दिनको पुण्य तिथिमा नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस सेन्टर दाङ, नेपाल प्रेस युनियन दाङ, प्रेस चौतारी दाङले सयुक्त रुपमा श्रद्धाञ्जलीसभा गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१५ मा विहिवार एक कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जलीसभा गरेको हो । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका गोपाल शर्मा भट्टराई र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिका अध्यक्ष दामोदर बस्नेत (राकेश) ले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागीलाई स्वर्गीय खिमबहादुर केसीका बुबा हुमबहादुर केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण महासंघ दाङका सचिव आर.के.शीतलले गरेका थिए ।

Facebook Comments