• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वडा अध्यक्ष महराले गरे पार्टी परित्यागको घोषणा (विज्ञप्तिसहित)




दाङ, १९ फागुन । कञ्चनपुर जिल्लाको सुक्लाफाँट नगपालिका ८ नं. वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधि बहादुर सिंह महराले पार्टी परित्यागको घोषणा गरेका छन् ।

नेता महराले आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो पार्टी परित्यागको घोषणा गरेका हुन् ।

बहादुर सिंह महराले जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘दलाल सत्ता र हिमायतीहरुले यही फागुन १५ गते संसदबाट पडयन्त्र मुलक ढंगले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गरेका छन् । यसले हाम्रो देशलाई अमेरिकी साम्राराज्यवादको नवउपनिवेशमा घोषित रुपले समाहित गर्न खोजिएको छ । यस्तो खाले राष्ट्रघाती सम्झौतामा पनि म क्रियाशिल पार्टी नेकपा माओवादी केन्द्र र त्यसको मुल नेतृत्व प्रचण्डले आत्मसमर्पण गरि पास गर्न मुख्य भूमिका खेलेकोले हामी जस्ता इमान्दारर कार्यकर्तालाई लज्जित बनाएको छ ।’

यो राजनीतिक प्रतिक्रान्ति मात्रै नभएर जघन्य खालको राष्ट्रघाती कदम हो । त्यसैले म यस्तो खाले राष्ट्रिय आत्मसमर्पणवादको सति जान नसक्ने भएकाले आजकै मितिदेखि यो पार्टीको सुदूरपश्चिम प्रदेश प्रतिनिधिसहित सम्पूर्ण जिम्मेवारीबाट राजिनामासहित पार्टी परित्यागको घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

No description available.

 

Facebook Comments