• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चुनाव खर्च कम गर्न म्यादी प्रहरीको अवधि घटाउने तयारी




२०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ । तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ ।

म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्था छ । एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार, यसमा बजेट र निर्वाचन अवधिलाई मुख्य कारण देखाइएको छ । निर्वाचन आउन ७५ दिन बाँकी छ । सो अगावै म्यादी प्रहरीलाई हप्तादेखि दस दिनको तालिम दिइसक्नुपर्ने हुन्छ ।

विगतमा दुई महिनाको तलब सुविधासहित म्यादीलाई बिदाइ गरिन्थ्यो । तर, यसपटक एक महिना १० दिनभित्र बिदाइ गर्ने तयारी भएको नेपाल प्रहरीको निर्वाचन सुरक्षा कार्ययोजनामा उल्लेख छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसी अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर नआइसकेकाले म्यादी प्रहरी भर्ना प्रक्रिया नै सञ्चालन गर्न नसकेको बताउनुहुन्छ । करिब एक लाख १८ हजार म्यादी प्रहरी भर्नाको अनुमान गरिएको छ ।

यसका लागि प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागले गृह मन्त्रालयसँग समन्वय र सहकार्य गरिरहेको छ । कार्यविभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाको संयोजकत्वमा गठित प्रहरी केन्द्रीय निर्वाचन सुरक्षा सेलले निर्वाचन सुरक्षा तयारी र बजेटसम्बन्धी कार्ययोजना यसअघि नै गृह मन्त्रालयमा पठाइसकेको छ ।

Facebook Comments