• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिबन्धित बन्यजन्तु रेडपाण्डाको छालासहित ३ जना पक्राउ




दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

बन्यजन्तु ओखेटोपहार रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौं तिर लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले हिजो शुक्रबार बेलुकी करिव ७ बजे पक्राउ गरेको हो ।

जिल्ला दाङ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित पक्राउ गरि घटना अनुसन्धान अघि बढाएको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । छालासहित पक्राउ पर्ने गिरोह सबै रोल्पाका हुन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २० को रुपक खडका र सुनछहरी गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष १९ को राम कुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुुभयो।

पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको छ । लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो।

बजारमा रेडपान्डाको छालाको मुल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको छ । पक्राउ परेका तीन जनालाई अब जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कार्वाहीका लागि बुझाउने तयारी गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।।

Facebook Comments