• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा स्लो बाइक प्रतियोगिता सम्पन्न,  प्रथममा महरा




घोराही, १४ फागुन । दाङको घोराहीमा स्लो बाइक प्रतियोगिता सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको आयोजनामा आज शनिबार घोराहीमा सो प्रतियोगिता सम्पन्न भएको हो ।

स्लो बाइक प्रतियोगितामा मिनराज महरा प्रथम भएका छन् । उनले सबभन्दा लामो समय १ मिनेट ५० सेकेन्डमा ५० मिटरको दुरीमा पार गरेका थिए ।

त्यसैगरी प्रतियोगितामा १ मिनेट ४८ सेकेन्डमा सो दुरी पार गर्दै सुनिल पुरी द्वितीय,१ मिनेट ३८ सेकेन्डमा सुनिल चौधरी तृतीय र १ मिनेट २७ सेकेन्डमा लुम केसीले सान्त्वना स्थान हासिल गरेका हुन् ।

स्लो बाइक प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनेलाई क्रमशः २ हाजर, १ हजर पाँच सय, १ हजार र पाँच सय नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

तीब्र गति जीवन क्षति, बिस्तारै जाऔं जीवन बचाऔं भन्ने उद्देश्यले स्लो बाइक प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा ४० जनाको सहभागिता रहेको सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीले जनाएको हो ।

राप्ती अटो इञ्जिनियरिङ घोराही र त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रभाइभेट लिमिटेड तुलसीपुरले संयुक्त रुपमा सो प्रतियोगिताको प्रायोजन गरेका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङका सचिब आरके शीतले गरेका थिए ।

 

Facebook Comments