• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा ७ दिने अचार तथा दालमोठ बनाउने तालिम सम्पन्न




होलेरी, १३ फागुन । रोल्पाको रुन्टीगढी गाउँपालिका अन्तर्गत उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने अचार ,आलु चिप्स र दालमोठ बनाउने तालिम सम्पन्न भएको छ।

पालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने अचार तथा दालमोठ उत्पादन सम्बन्धि सीप विकास तालिम बिहीबार रुन्टीगढी गाउँपालिका ७ गैरामा सम्पन्न भएको हो ।

रुन्टीगढी गाउँपालिका ७ नंम्वर वडाका वडा अध्यक्ष जंगबहादुर घर्तीको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सानुबाबु खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यम विकासका फोकल पर्सन रुपेश अधिकारी लगायत स्थानीय समाजसेवी तथा प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्काले सिप सिकेर ब्यवहारमा लागुगरी आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।

यस्तै कार्यक्रमको समापन गर्दै ७ नं का वडाअध्यक्ष घर्तीले यो कार्यक्रम प्रभावकारी वनाउनको लागी प्रशिक्षर्थीहरुले विशेष ध्यान दिई काम गर्न अनुरोध गर्नभयो ।

कार्यक्रमको सहजीकरण कल्पना थापाले गर्नुभएको थियो।

Facebook Comments