होलेरी,११ फागुन । रुन्टीगढी गाउँपालिका रोल्पाको कर्णाली क्षेत्र मानिने रुन्टीगढी गाउँपालिका वडा नं ३ लखना अव सडकको पहुँचमा रहेको छ ।
रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९को करिब २५ लाख रुपैयाँको लागतमा बाजन ,पेटी, लखना मोटरबाटो सम्पन्न भएको हो ।
अव लखनावासीले पनि सहज रुपमा यात्रा गर्न तथा सामान ढुवानी गर्नको लागी सहज हुने रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले वताउनु भएको छ ।
मंगलवार उक्त बाटोको एक कार्यक्रमका विचमा उद्घाटन गरिएको छ । रुन्टीगढी गाउँपालिकाको लखना क्षेत्र ३ वटा जिल्लाको संगम (रोल्पा,प्युठान र दाङ) भएको हुदाँ प्युठान स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोकायले रिवन काटेर विधिवत रुपमा उक्त वाटोको उद्घाटन गर्नभएको हो ।
कार्यक्रमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा , उपाध्यक्ष छमायाँ पुन होेलेरी नो लाइट सेवाका सोमराज वि.क.,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु,इन्द्रदेवी आधारभुत विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर वली, पत्रकार तथा स्थानिय नागरिकको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले विद्यालय,सडक तथा अन्य संरचनाको अनुगमन गर्नुभएको थियो ।
अनुगमनका क्रममा स्थानिय नागरिककहरुले लखना क्षेत्रमा वाटोको विस्तार गरिएकोमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकालाई धन्यवाद दिदै अव बिद्युत तथा विद्यालयका लागी भवन समेत आबश्यक रहेको कुरामा जोड दिएको थिए ।
कार्यक्रममा वोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले लखनावासीले उठाएको मागको विषयमा आफु निकै सकारात्मक ताथ गम्भिर भएको उल्लेख गर्दै अतिआबश्यक मागहरुको सम्वोधनको लागी प्रक्रिया अगाडी वढाउने कुरामा जोड दिनुभएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
