• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुरुल्लेको  पर्यटन विकासका लागि होलेरीमा महोत्सव सञ्चालन हुँदै




घोराही । रोल्पाको होलेरीमा श्रीमदभागवत सप्ताह पितृमुक्ति धार्मिक एवं साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । मुरुल्ले म्याग्जीनगढी पर्यटन विकास समितिको आयोजनामा सो महोत्सव सञ्चालन हुने भएको हो ।

रुन्टीगढी गाउँपालिका–६ मा रहेको मुरुल्ले लेकमा अवस्थित अर्थनारेश्वर धामको बृहत्तर विकासका लागि यही फागुनको १७ गतेदेखि २४ गतेसम्म होलेरीमा श्रीमद्भागवत पितृमुक्ति धार्मिक एवं साँस्कृतिक महोत्सव संचालन गर्न लागेको महोत्सवका संयोजक गोविन्द्र घर्तीले जानकारी दिए ।
मुरुल्ले लेक एक महत्वपूर्ण पर्यटन स्थलको रुपमा रहेको भएतापनि आर्थिक अभावकै कारणले गर्दा त्यसको विकास, संरक्षण तथा सम्बद्र्धनमा समस्या भएको हुँदा सो महत्सोवको आयोजना गरिएको संयोजक घर्तीको सिस्ने अनलाइनसँगको कुराकानीमा बताए ।

महोत्सव यसअघि माघ ११ गतेदेखि १७ गतेसम्म लगाउने मिति तोकिएको भएतापनि विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भाइरसका कारण स्थगित भएको थियो ।

Facebook Comments