दाङमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसीआरबाट ५ जना र २० जनाको एन्टिजेन परिक्षणबाट २ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ ।
पुष्टि हुनेमा घोराहीका ४ जना, तुलसीपुर, लमही र जिल्ला बाहिरका एक एक जना रहेका छन् ।
त्यस्तै वितेको २४ घण्टामा दाङका ३ जना कोरोना मुक्त भएका छन् । अहिले जिल्लामा ३३ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्य घरमा ३० जना,आईसियुमा २ जना र सामान्यमा १ जना रहेको केन्द्रले जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
