• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एमसीसीको बिरोधमा भोलि नेपाल बन्दको घोषणा




विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनैतिक दलहरुले राष्ट्रघाती एमसीसी विरुद्ध (भोली) फागुन ४ गते नेपाल वन्दको घोषणा गरेका छन् ।

एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले  संसद वैठकवाट भोली पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा सहित ६ राजनैतिक पार्टीहरुले नेपाल वन्दको घोषणा गरेका हुन्।

नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी दाङले भोलि फागुन ४ गतेको नेपाल बन्दलाई पूर्ण रुपमा  सफल बनाउनका लागि  सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्योग, ब्यापारी, कलाकारखाना लगायतालाई सहयोगको अपिल गरेको छ ।

 

Facebook Comments