सिन्धुपाल्चोक । नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गर्नु भएको छ ।
गतअसार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाईड्रोले गरिरहेको पुनस्र्थापनाको कामको स्थालगत निरिक्षण गर्न सोमबार बिहान७ बजे नै पुन निर्माणस्थल पुग्नु भएको हो ।
काठमाडौंबाट बिहानै स्थलगत मार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्चीबजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्रीआएको सुइँको पाएका थिए ।
झिसमिसे बिहानै मन्त्रीको आवगमन होला भन्ने नसोचेका मेलम्ची आयोजनाका कर्मचारी, ठेक्केदार कम्पनीका श्रमिक र स्थानीयले सोचेका पनि थिएनन् । मन्त्रीचौधरी बाँधस्थल पुग्दा पछि सुरक्षाकर्मीको सवारी र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल पुग्नु भएको थियो ।
स्थलगत निरिक्षणमा जानु भएका मन्त्रीचौधरीले ठेकेदार कम्पनीले पुननिर्माणको कार्य सन्तोषजनक ढंगले गरिरहेको बताउनु भयो । उहाँले मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौंको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य निकै कठिन र चुनौतिपूर्ण भएपनि सो कार्य सफलतापूर्वक सम्पन्न भए कामगर्ने सबै जनशक्तिलाई पुरस्कृत गर्ने समेत बताउनु भयो । उहाँले जिम्मेवारी पुरा नगर्ने, कर्मचारी, ठेकेदार वा कामदारलाई भने दण्डित गर्ने चेतावनी पनि दिनुभयो ।
सो अवसरमा मन्त्रीचौधरीले अम्वाथानमा रहेको अस्थायी संरचनाबाट पानीप थान्तरण गर्ने एक नम्वर सुरुङको, बैकल्पिक डाईभर्सन, सुरुङ गेट, ९ नम्वर गेट क्षेत्रमा थुप्रिएको माटो, ढुंगा र गेगर हटाउने कार्यको स्थलगत निरिक्षण गरी जानकारी लिनु भएको थियो ।
ठेकेदार कम्पनीले हालहेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँचमार्गलाई ग्राभेल गर्ने, माटो र ढुंगाको थुप्रो हटाउने, र पुरिएको सुरुङ खोतल्ने कामगरिरहेको छ । काठमाडौमा अस्थायी रुपमा पानी पथान्तरण गर्ने १ नम्वर गेटको सुरुङको मुखसम्म खोतल्दाबाहिर कुनै पनिक्षति देखिएको थिएन ।
ठेकेदार कम्पनीले पुरिएका सुरुङ खोतल्दा ठूला ठूला ढुंगा भेटिएको र त्यसलाई ड्रिल गर्दा र एक्साभेटरले समेत फेड्न नसक्दा समस्याभएको गुनासो गरेको थियो । ठेकेदारको समस्या समाधानका लागि मेलम्ची खानेपानी बिकास समितिले बासुदेव पौडेलले नेपाली सेनाको सहयोगमा ठूला ढुंगा विष्फोट गरि फोड्ने तयारी भएको बताउनु भयो ।
कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशनदिँदै मन्त्रीचौधरीले सम्झौता अनुसार २४ घण्टा कामगर्न, दिएको कार्ययोजना अनुसार परिणाम देखिने गरी कामगर्न र समस्या देखाएर काम नरोक्न निर्देशनदिनु भयो ।
मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले गतअसारमा १ माआएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको पुनःनिर्माण गर्न ठेक्का अवधीकायम रहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रोलाई ३६ करोड ४५ लाख ३३ हजार १ सय ८३ रुपैयाँमा सम्झौता थप गरेको थियो ।
मेलम्ची खानेपानी आयोजनाले बाँधस्थलमा १९ जना इन्जिनियरहरुलाई खटाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
