• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिका वडा नं.-७ को वडा कार्यालय भवन उद्घटन




दाङको बंगलाचुली गाउँपालिकाको ८ वटै वडाकार्यालयहरु अब आफ्नै भवन बाट संचालनमा आएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ को वडा कार्यालय भवनको शनिवार उद्घाटन गरे संगै अव गाउँपालिकाको ८ वटै वडाका आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह हुने भएको छ ।

यो भन्दा अगाडी बंगलाचुली गाउँपालिका वडा नम्वर ७ को वडा कार्यालय भाडाको घरबाट संचालनमा आएको थियो । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष गिर बहादुर थापाको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्य तथा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा ईन्जिनिएर विकेश न्यौपानेको विशिष्ठ आतिथ्यमा वडा कार्यालय भवको उद्घटन गरिएको हो ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बंगलाचुली गाउँपालिकाको सबै वडाकार्यालयहरु अब आफ्नै भवनबाट जनतालाई सेवा दिन सक्नेगरी भौतिक पूर्वाधार निर्माण भएको बताउनु भयो ।

उहाँले आफुहरु निर्वाचित भएर आई सकेपछि गाउँपालिकको समग्र विकासका लागि निरन्तर लागि परेका कारण अहिले बंगलाचुलीमा विकासले गतिलिएको बताउनु भयो । अध्यक्ष वलीले विगतका ५० औँ वर्ष सम्म नभएको विकास र परिवर्तन बंगलाचुली गाउँपालिकामा आफुहरुले ५ वर्ष भित्रै गरि सकेको बताउनु भयो ।
कार्यक्रममा प्राविधिक शक्ति सीङ जिसी, ऋषिकेश क्षेत्री , सहकाय कमप्युटर अपरेटर प्रेम डाँगी ,स्थानिय समाज सेवी लिला पाटामगर, खिम बाहादुर सारु ,प्रेम सारु डम्बर के सी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण वडा सचिव चेतन अधिकरीले गर्नु भएको थियो ।

Facebook Comments