• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा माओवादी केन्द्र र एमाले पार्टी परित्या गरि दर्जनौं नेता कार्याकर्ता कांग्रेसमा प्रबेश




दाङ, २९ माघ । दाङको बंगलाचुलीमा विभिन्न पार्टी परित्या गरि दर्जनौं नेता कार्याकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर २ को आयोजनामा भएको पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम माओवादी केन्द्र र एमाले पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता नेकामा प्रबेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरि वडा नम्बर १, २ बाट पाण्डब सुनार, तारा बहादुर बिस्वकर्माको नेतृत्व तथा बिशेष पहलमा ८२ जना र वडा न. ६बाट नेकपा एमाले परित्याग गरि शिर बहादुर पुनसहित ८३ जना नेपाली कांग्रेसमा प्रवेश नेका बंगलाचुलीले जानकारी दिएको छ ।

वडाका सभापति मैते पुनको सभापतिमा एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेको प्रमुख अतिथि तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङका उपसभापति गिरिराज सुबेदीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा दाङ क्षेत्र न.२का सभापति भिम प्रकाश खड्का, नेका प्रदेश प्रतिनिधि पुर्णबहादुर मल्ल, पुर्ब महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद सुबेदि,नेका बंगलाचुली सभापति जागेश्वर अधिकारी, क्षेत्रीय प्रतिनिधि किरण रेग्मी,खिमा बिक नेका बंगलाचुली गाउँ पालिका वडा नं ४का सभापति शिबराज परियार,५का सभापति केशब जिसी,लगायतको उपस्थिति रहेको थियो ।

नब प्रबेशिहरुको तर्फबाट पाण्डब सुनारले आफ्ना भनार्इहरु राखेका थिए ।
वडा नं. २ का उपसभापति नर बहादुर सुनारको स्वागत मन्तव्यबाट सुरुभयको कार्यक्रमको संचालन नेपाली कांग्रेस बंगलाचुली गाउँ पालिका सचिब बलदेव मल्लले गरेका थिए ।

Facebook Comments