• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) दाङद्वारा २७ औं जनयुद्ध दिवसको पुर्वसध्यामा दिप प्रज्ज्वलन




घोराही,२९ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले २७ औं जनयुद्ध दिवसको पुर्वसध्यामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ । संगठनले आज शनिबार घोराहीको तुलसीपुर चोकमा सो कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशको इञ्चार्ज दिपक विष्टले संगठनको केन्द्री कार्यक्रम अनुरुप जनयुद्ध शुरु भएको २६ वर्ष पुरा भएर २७ औं वर्षमा प्रवेश गरेको पूर्वसन्धमा दिप प्रज्ज्वलन कार्यक्रम गरेको बताए । उनले १० वर्षे जनयुद्ध एक तहसम्म सफल भएतापनि सहिद, वेपत्ता तथा घाइते योद्धा र युवाहरुको सपना साकार नभएको हुँदा फेरि अर्काे आन्दोलनको आवश्यकता भएको प्रष्ट पारे ।
कार्यक्रमणको सहजीकरण अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष अम्मर खड्काले गरेका थिए ।

Facebook Comments