• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा आइतबारदेखि विद्यालय संचालन हुने




घोराही,२८ माघ । दाङमा आइतबारदेखि विद्यालय संचालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले फागुन १ गते(आइतबारदेखि ) दाङ जिल्लाभर विद्यालय संचालन हुने जानकारी दिएको हो ।

विश्वविद्यालय, विद्यालय, ट्यूशन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरि फागुन १ गतेबाट संचालन गर्ने र विद्यालय संचालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो कक्षा संचालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय दाङ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज ( शुक्रबार ) हस्ताक्षरित गरेको आदेश उल्लेख छ ।

यस्तो छ, प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :

Facebook Comments