• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पुथा उत्तरगंगामा अध्यक्ष कप २०७८ काे उद्घाटन




हिक्मत पाेर्तेल / रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा अध्यक्ष कप २०७८ काे उद्घाटन भएकाे छ । अध्यक्ष कपकाे आयाेजना पुथा उत्तरगंगा गाउँपालिकाकाे आर्थिक सहयाेगमा युवा विकास केन्द्रले आयाेजना गरेकाे हाे ।

२६ गते उद्घाटन भएकाे उद्घाटन समारोह अनौपचारिक रुपमा भएकाे हाे । युवा विकास केन्द्रका अध्यक्ष तिका शाही घर्तीकाे अध्यक्षतामा उद्घाटन भएकाे अध्यक्ष कप उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तिकाे प्रमुख अतिथी रहेकाे थियाे ।

जसकाे विशेष अतिथिमा गाउँपालिका उपाध्यक्ष ओम कुमारी मल्लकाे रहेकाे थियाे भने सम्पुर्ण वडाका वडा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुकाे अतिथि रहेकाे अनाैपचारिक उद्घाटन समारोहकाे सञ्चालन युवा विकास केन्द्रका सचिव नाबेन्द्र सुनारले गर्नु भएकाे थियाे ।

उद्घाटन समयमा नै हिमपात परेकाे ले उद्घाटन समारोह अनौपचारिक रुपले गरिएकाे युवा विकास केन्द्रका अध्यक्ष टिकाशाही घर्तिले बताउनु भयाे ।

अध्यक्ष कपमा युवा विकास केन्द्रले वडा स्तरिय महिला पुरुष भलिबल, पुरुष फुटबल र खुल्ला ब्याट्मिन्टन गरि तीन विद्याका खेलहरुकाे आयाेजना गरिएकाे अध्यक्ष घर्तिले बताउनु भयाे ।

Facebook Comments