• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फूलैफूलको बगैचा, सुन्दर जलजला




मणिकर्ण डाँगी (शब्दकोष)
रोल्पाको जलजला नाम त सबैले सुन्नुभएकै होला?यदि सुन्नुभएको छैनभने आज म तपाइँहरुलाई केही जानकारी गराउँछु है त !

थवाङ गाउँपालिकामा पर्ने पर्यटकिय धार्मिक क्षेत्र रोल्पाको जलजला पहाड हो। जलजला प्रकृतिकले धार्मिक र सौर्न्दर्यताले भरिपूर्ण भुमी मात्र नभई विरताको एक निशानी पनि हो,जनयुद्धको उदगम थलो हो रोल्पाको जलजला। जनयुद्धको बेलामा जनसेनाले परेड खेलेको भुमी पनि हो रोल्पाको जलजला। धेरै भोकभोकै बसे,धेरै अनिद्रामै बसे,अनि कयौं बिरहरु घाउको मलपट्टी लगाए त्यहीँ हाम्रो रोल्पाको जलजलामा। आफ्नो सान देखाउँदै आन्तरिक तथा बाह्य पर्यटकहरुकाईलाई पर्खेर बसेको छ जलजलाले।

अनि सरकाले नेपाल भ्रमण वर्ष २०२० मनाउँदै गर्दा १ सय गन्तव्यको लहर पनि बोकेकै हो रोल्पाको जलजलाले। हाम्रो रोल्पाको जलजला हरेक क्षण नयाँ पाहुनाहरुको स्वागतका लागि पर्खिएर बसेको छ।,जहाँ अब पुषदेखी चैत-वैशाखसम्म सेत्तामे हिमालले ढाकिएको हुन्छ। अनि चैत वैशाखदेखि विभिन्न खालका लाली-गुराँसहरुले गर्दा त्यहाँको वातावरण नै रक्ताम्य भएर मनमोहक दृश्य बनेको हुन्छ। जसरी युद्धमा बिरहरुका रगत छताछुल्ल भएर छल्किएका थिए त्यसरी नै लाली गुराँसका कोपीलाहरु फक्राउँदै हुन्छन। त्यहीँ लाली गुराँसको डालीमा विभिन्न जातका चराचुरुङ्गीहरु बसेर आ-आफ्नै भाकामा अनि आफ्नै भाषामा गीतहरू गुनगुनाइरहेका हुन्छन।

रोल्पाको जलजला धार्मिक क्षेत्रले मात्र नभएर विभिन्न जडिबुटीको खानीपनी हो। जलजलामा भोजपत्र,समायो,पड्मे,बनतिल अनि तिते जस्ता औषधीहरु प्रशस्तै पाइन्छन।भने बँदेल,कस्तुरी,मृग,झारल,रातो बाँदर,थार,भाघ,घोरल,खरायो,स्याल,दुम्सी,लोखर्के वन्यजन्तु तथा डाँफे,मुनाल,च्याखुरा,तित्रो,कालिज,ढुकुर,हलेसो,पिउरा अनि जुरेलीजस्ता पंक्षीहरु जलजला आसपासको क्षेत्रमा पाइने गर्दछन।

जलजलामा गैसकेपछी सुरुमा जाँदा मान्छेले स्वर्ग र धर्ती छुट्याउनै गाह्रो हुन्छ। बाटोमा हिड्दा जतिसुकै दुःख कष्टकरहरु आइपरेपनी त्यहाँ गैसकेपछी कसैलाई पनि फर्किने मन नै लाग्दैन। किनकि जलजलाको प्राकृतिक सौन्दर्यताले मान्छेको मनलाई उतैतिर आकर्षण गर्दछ। जलजला क्षेत्रमा पाइला टेक्दा जमीन डबेको कम्पन आउने भएकाले त्यस क्षेत्रको नाउँ नै जलजला राखिएको हो भन्ने स्थानीय अगुवाहरुको भनाई छ। जोकि हेर्दा समथर भु-भाग देखिन्छ र कुच्दा/टेक्दा पानी पनि निस्कन्छ,पानीलाई जल पनि भन्ने गरिन्छ त्यसले पनि हुनसक्छ।

रोल्पाको जलजलामा वर्षमा धेरैपटक ठुला-ठुला मेलाहरु लाग्ने गर्दछन।त्यसै त मेला हेर्नका निमित्त छिमेकी जिल्लाहरु:सल्यान,रुकुम,प्युठान,दाङ अनि बाँकेलगायतका ठाउँबाट करिब ६/७हजारको संख्यामा जलजलामा आएका दर्शनार्थीहरुलाई भेट्न सकिन्छ,अनि उनीहरुसँग सम्बन्ध गाँस्न पनि सकिन्छ। जलजलामा भएको आमदानी रकमले त्यहीँ जलजलाको मन्दिर तथा जलजलाको संरक्षणमा लगानी गरेको पनि पाइन्छ।

जलजलाको बयान गरि साध्य छैन,वातावरणको त कति कुरा गरौँ? जलजला क्षेत्र मगर समुदायको बाहुल्यता रहेको हुनाले अर्थात थबाङ समुदाय भित्रै पर्ने भएकाले मगर समुदायमा बनाइएका विभिन्न परिकारका खानाहरुको भोजन गर्न पाइन्छ। अनि त्यहीँ खानासँगै रातभर “साहिला बरै” गीतको भाकामा दोहोरी खेल्दा-खेल्दै उज्यालो भएको पत्तै हुँदैन। नयाँ पाहुनाहरुलाई त एउटा चलचित्र जस्तै बनाइदिन्छ।

धेरैलाई जिज्ञासा लाग्न सक्छ त्यहाँ कसरी पुग्न सकिन्छ त? भनेर। रोल्पाको जलजला रोल्पाको सदरमुकामदेखि उत्तरी भेगमा अवस्थित ठाउँ हो।केन्द्रिय राजधानी काठमाडौबाट करिब ६/७ सय किलोमीटर यात्रा गरेपछि रोल्पाको थबाङ पुगिन्छ। थबाङबाट करिब ३/४ घन्टाको पैदल यात्रापछि जलजलामा पुगिन्छ। यो समुद्री सतहदेखी ३१०६०(तीन हजार एक सय साठी)मीटर उचाईमा रहेको छ।

मेरो विचारमा पहिलेभन्दा जलजला अहिले धेरै सुधार भएको छ। म जलजलामा ५ पटक गैसकेँ सुरुमा जाँदा र पछिल्लोपटक जाँदामा निकै भिन्नता देखेँ। जोकि रातमा हिड्दा कसैलाई अप्ठ्यारो नहोस भनेर Automatic Solarहरु पनि त्यस क्षेत्रमा प्रशस्तै राखिएका छन।अनि रोल्पाका विभिन्न ठाउँहरु हेर्नलाई बनाइएको भ्यु टावर पनि राखिएको छ। त्यहाँबाट हामीले रोल्पाका धेरै सुन्दर ठाउँहरु प्रत्येक्ष आखाले नियालेर हेर्न सक्छौँ। अनि जलजलामा पाहुनाहरुला बास बस्नको लागि कुनै झनजट नहोस भनेर स्थानीयहरुले साझेघरहरुपनि राखिदिएका छन। त्यस घरहरुमा जोकोही पनि मजाले बस्नसकिन्छ। मात्र त्यहाँ जाँदा खानपिनको वयवस्था आफुले गर्नुपर्ने हुन्छ।

मान्छेहरू मरेपछि स्वर्ग जान्छन या जाँदैनन् त्यो त कसैले प्रमाण लिएर आएको छैनन्। तर जिँउदै स्वर्गको स्वाद भने रोल्पाको जलजलाले अवश्य मेटाइदिनेछ। हामी कति महँगो महंगो पैसा खर्छ गरेर त बिदेश घुम्न जान्छौँ। तर हेर्नुहोस त हाम्रै नजिकमा रहेका सुन्दर ठाउँहरुलाई छोडेका हुन्छौँ। “नजिकको तिर्थ हेला”भनेको पनि यहीँ होला। रोल्पाको धार्मिक पर्यटकीय स्थल रोल्पाको जलजला एकपटक सबैजना जानुहोस अनि मर्नु अघि स्वर्गको झल्को मेटाउनुहोस।।

Facebook Comments