• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मूल्यबृद्धिका विरुद्ध घोराहीमा कोणसभा सम्पन्न




घोराही, २० माघ । नेपाल कम्युनिष्ट पार्टी निकट जनबर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका विरुद्ध संयुक्त रुपमा कोणसभा सम्पन्न गरेका छन् ।

संगठनले बिहीबार घोराहीको तुलसीपुरचोकमा एक कार्यक्रमका बीच सो कार्यक्रम सम्पन्न गरेका गरेका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज दिपक विष्टले नेपाल आयल निगमले अहिलेसम्म १२ पटक पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको बताए ।

उनले मूल्यबृद्धिको विरुद्धमा बिगतदेखि नै आफूहरुले आन्दोलन गर्दै आएको र यो विषय नेपाल कम्युनिष्ट पार्टीको मात्र नभएर नेपाली जनता, युवा, व्यवासयी, विद्यार्थी लगाएतको भएको हुँदा एक पटक सबै जना सचेत हुनुपर्नेमा जोड दिए ।

प्रतिलिटर ८४ रुपैयाँमा खरिद गरिएकोे पेट्रोलियम पदार्थ १४२ रुपैयाँमा बिक्री गर्दा समेत घाटा लाग्ने नेपाल आयाल निगमको निर्णय नेपाली जनतालाई स्वीकार्य नभएकोे र नेपालका दलालहरुले आउँदै गरेको चुनाब जित्नका निमित्त गरेको मूल्यबृद्धि खारेज भएमात्र नेपाली जनताको अधिकार सुनिश्चित हुने समेत उलनको भनाइ थियो ।

 

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका बिरुद्धमा घोराहीको सहिदगेटबाट शुरुभएको ¥याली तुलसीपुरचोकमा आएर कोणसभामा परिनत भएको थियो । सो ¥यालीमा पेट्रोलियम पदार्थमा बढाएकको मूल्य फिर्ता गर, बढ्दो महंगी तथा कालोबजारी खारेज गर लगाएतका नारा घंकिएका थिए ।

कार्यक्रममा पार्टी निकट विभिन्न जनबर्गीय संगठनहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण श्रमिक समुदायका केन्द्रीय सदस्य सुरज परियारले गरेका हुन् ।

 

Facebook Comments