• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महासचिव आचार्यले गृह जिल्लामा पठाए एक लाख दश हजार सिटामोल




नेपालमा सिटामोल अभाव भैरहेकाबेला नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले एक लाख १० हजार ट्याब्लेट पारा सिटामोल दाङ पठाएका छन्। आचार्यको स्थायी घर दाङको घोराही ९ हो ।

नेपाली कांग्रेसका नेतासमेत रहेका आचार्यले दाङ कांग्रेसले थालेको कोरोना सचेतना अभियानमार्फत वितरण गर्ने गरी उक्त परिमाणको पारा सिटामोल पठाएका हुन्। उनकाअनुसार मंगलबार पठाइएको पारा सिटामोल कांग्रेसको सचेतना अभियानकै क्रममा गाउँ तहमा वितरण हुनेछ । पछिल्लो समय पारा सिटामोलको अभाव देखिएको छ।

सिटामोल अभावमा कसैले पनि सकस बेहोर्नु नपरोस भन्ने उदेश्यले आफूले पारा सिटामोल उपलब्ध गराएको आचार्यले बताए। ‘सिटामोलको अभावमा ग्रामिण तहका कैयन नागरिकहरुले समस्या झेल्नु परेको छ,’ उनले भने ‘यो समस्याबाट ग्रामिण भेकका नागरिकहरुले मुक्ती पाउने भनेर निशुल्क रुपमा वितरण हुने गरी पारा सिटामोल उपलब्ध गराएको हुँ, दाङ कांग्रेसले सचेतना अभियानका क्रममा सिटामोल वितरण गर्नेछ।’

Facebook Comments