दाङ, १३ माघ । नेपाली कांग्रेसले बंगलाचुली गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
पालिकामा देखिएका र भए गरेका सम्पूर्ण गतिविधिहरुमाथि ध्यानाकर्षण जनाउँदै कांग्रेस बंगलाचुलीले बिहीबार एक ज्ञापनपत्र जारी गरि पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीलाई सो पत्र बुझाएको हो ।
पालिकामा गाउँ सभाबाट पारित भएको योजना भन्दा फरक तरिकाले रकमान्तर गरि खर्च गर्न खोजिएको, फुसको छानो बिस्थापित अभियानमा एक रुपता नदेखिएको, मनोमानी तरिकाले कर्मचारी भर्ना गर्दै आइरहेको, पालिका तथा अन्य निकायहरुमा कर्मचारीहरु उपस्तिथि नियमित नदेखिएको लगायतका थुप्रै गतिविधिहरुमाथि ध्यानाकर्षण जनाएको कुरा नेपाली कांग्रेस बंगलाचुलीका सभापति जागेश्वर अधिकारीले हस्ताक्षरित गरेको ज्ञापनपत्र उल्लेख गरिएको छ ।
ज्ञापनपत्रको पूर्णपाठ ः


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
