• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विविध विधाका पत्रकारको क्षमता अभिबद्धि तालिम सम्पन्न




घोराही,१३ माघ । घोराहीमा तीन दिने विविध विधाका पत्रकारको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ दाङको आयोजना शुरु गरिएको सो तालिम बुधबार सम्पन्न भएको हो।

विविध विधामा गरिएको क्षमता अभिबृद्धि तालिममा डिजिटल अनलाइन मिडिया, रेडियो, टिभि, छापा लगाएतमा कार्यरत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

घोराहीमा संचालन भएको तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, महासंघ दाङका अध्यक्ष दुर्गालाल के।सी प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, पत्रकार नरेन्द्र केसी, लक्ष्मी आचार्य, टिकाबहादुर बस्नेत, सन्तोष सुवेदी, बसुन्धरा गौतम लगाएतले प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको सहजीकरण आरके शीतले गरेका थिए ।

Facebook Comments