• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा ८८ जना कोरोना संक्रमित थपिए




दाङमा मंगलबार थप ८८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनाको पिसिआर परिक्षण गर्दा ३१ जना र विभिन्न ठाउँमा ९० जनाको एन्टीजेन परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका ६५ जना, तुलसीपुरका ८ जना, लमही र दंगिशरणका ४÷ ४ जना, बंगलाचुुलीका २ जना, शान्तिनगर, गढवा र राप्तीका एक एक जना र जिल्ला बाहिरका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

मंगलबार १५ जना कोरोना मुक्त भएका छन् । घोराहीका ८, गढवा र दंगिशरणका तीन तीन र तुलसीपुरका एक जना कोरोना मुुक्त भएका हुुन् ।

दाङमा अहिले सकृय विरामीको संख्या ४ सय ३६ जना रहेको छ ।

Facebook Comments