श्रवण कुमार यादव
माघ ११, दाङ। नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा तथा घोराही उपमहानगरपालिका दाङको आर्थिक सहयोगमा संचालित विविध विधामा पत्रकारहरुको क्षमता अभिवृद्धि तीन दिने तालीम सोमबारदेखि संचालन भएको हो।
तालीममा विभिन्न अनलाइन डिजिटल मिडिया, विभिन्न पत्रकार संगठनका पत्रकार साथीहरू, रेडियो, छापा लगायतका संचार माध्यममा आबद्ध भएका दाङ जिल्ला भरिका पत्रकार साथीहरूको सहभागिता रहेको थियो।
तालिममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरु लाल चौधरी,नेपाल पत्रकार महासंघका
केन्द्रिय उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा सल्लाहकार सविन प्रियाशन लगाएतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो। विशेष अतिथिको रूपमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम, घोराही उपमहानगरपालिकाका प्रमुख नरु लाल चौधरी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, घोराही उपमहानगरपालिका आइटी अफिसर विमल अग्रहरी लगाएतको उपस्थिति रहेको थियो।
पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गा लाल केसीको अध्यक्षतामा भएको तालिममा महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्य रहेको थियोे भने कार्यक्रमको संचालन सचीव आरके शितलले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
