• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महासंघलाई जनपत्रकारको पाँच बुदे ज्ञापनपत्र, समानुपातिक विज्ञापन प्रणाली  लागू गर्नुपर्ने माग




 

घोराही, ५ माघ । जनपत्रकार संगठन, नेपाल दाङले  नेपाल पत्रकार महासंघ दाङलाई  ५ बुदे  ज्ञापनपत्र बुझाएको छ।
मंगलबार महासंघको कार्यालयमा सो संगठनका जिल्ला अध्यक्ष सहितका नेताहरु पुगि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलाई ज्ञापनपत्र बुझाएका हुन।

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित अनुशासित र जिम्मेवार बनाउन संगठनद्वारा विभिन्न सुझाव सहित ज्ञापनपत्र पेश गरिएको छ।

जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक,पेशागत तथा भौतिक सुरक्षा र स्थायीत्वलाई सुनिस्चित गर्न पहल गर्नुपर्ने, कोभिड-१९ का कारण रोजगार गुमाएका संचारकर्मीको पुनर्स्थापन , राहत र स्वास्थ्य उपचारका लागि पहल गर्नुपर्ने साथै कोभिड-१९ को तेस्रो लहरको संक्रमण दिनानुदिन बढिरहेकाले संचारकर्मीहरुको प्रभावकारी परिक्षण,संक्रमित संचारकर्मीहरुको उचित उपचारको व्यवस्थापन र कोभिड-१९ विरुद्धको खोप आम संचारकर्मीको पहुँचमा पुर्याउनुपर्ने,समानुपातिक बिज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न पहल गर्नुपर्ने,महासंघको सदस्यता प्राप्त गर्ने सन्दर्भमा देखिएका समस्याहरु हल गर्नुपर्ने, पत्रकारहरुलाइ सहज र निस्पक्ष रुपमा सदस्यता प्राप्त हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने,पत्रकारिता गरिरहेका पत्रकारहरुको वृद्धि विकास र क्षमता अभिबृद्धीका लागि तालिम र प्रशिक्षणको व्यवस्था गर्नुपर्ने लगाएतका सुझाव सहितको ज्ञापनपत्र पेश गरिएको हो।

ज्ञापनपत्रका विषयमा बोल्दै महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले संगठनद्वारा विभिन्न सुझावसहितका मागहरुप्रती महासंघ सकारात्मक रहेको बताउनुभयो। उहाले आगामी दिनमा महासंघले संगठनसंग समन्वय गर्दै पत्रकारहरुको हकहित र अधिकार प्राप्तिका लागि हातेमालो गर्दै अघि बढ्ने समेत बताउनुभएको थियो।
ज्ञापनपत्रको पुर्णपाठ:-

Facebook Comments