• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
श्रेष्ठलाई “वल्र्ड बुक अफ रेकर्ड” को प्रमाण प्रत्र 




काठमाण्डौं, ४ माघ । विश्वमै पहिलो पटक लामो समय पानीमा थीपद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल हुनुभएको छ ।

वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालनगरी वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल हुुनुभएको हो ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ । मन्त्रीनिवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।

त्यसक्रममामन्त्रीअथकले रेकर्ड कायम राख्न सफलश्रेष्ठलाई बधाई तथाशुभकामनादिनुभएको थियो । साथै आगामीदिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गर्नुभयो ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धिकार्यक्रमको संचालनका दौरानश्रेष्ठले ९० मिनेटसम्म पानीमा थीपद्माशन गर्नुभएको थियो ।

यो रेकर्ड विश्वमा नै पहिलो पटक कायमभएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments