• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कोरोना संक्रमित झनझन् थपिदै, एकै दिन ४६३६ जना संक्रमित




पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित भेट्टिएका छन्।

देशभर गरिएको १४ हजार ५५६ को परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा २१ हजार ५८४ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ।

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ।

हाल १२६ जना क्वारेन्टाइनमा छन्। ११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments