• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रअ भत्ताले बिद्यार्थीलाई  न्यानो कपडा 




रुकुम,३० पुस । रुकुम पश्चिमको एक बिद्यालयका गरिब तथा जेहेन्दार  बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

जनबिकास माबी ज्यामिरकोट टाकुरा आनपा १४ मा अध्ययनरत ५ जना गरिब तथा जेहेन्दार  बिद्यार्थीलाई १/१ जोर न्यानो कपडा वितरण गरिएको हो । जनबिकास माविका प्रधानाध्यापक दिपक संगम थापाले आफ्नो प्रअ भत्ताको रकमले पाँच जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई न्यानो पोसाक उपलब्ध गराउनु भएकाे हो ।

१ /१ जोर न्यानो कपडा पाउनेहरुमा कक्षा १ का सन्तोष बिक, कक्षा ४ का डिला मल्ल, कक्षा ४ का गम्भीर चन्द, कक्षा ४ कै अञ्जली चन्द र कक्षा ६ का मनिका चन्द रहेका छ्न । उक्त पोसाक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिजय मल्ल, पुर्ब प्रअहरु खिमानन्द चन्द, शेर बहादुर मल्ल र स्वयम् प्रअ थापाले हस्तान्तरण गर्नुभएको हो ।

प्रधानाध्यापक थापाले प्रअ भएको समयदेखी नै आफ्नो भत्ताको रकम नलिएर बिद्यालय र बिद्यार्थीलाई कुनै न कुनै काममा लगानी गर्दै आउनुभएको छ । प्रअ थापाको सिर्जनसिल कार्यप्रती अभिभावकहरु खुसी भएका छ्न ।

Facebook Comments