• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भूमि ब्यवस्थामन्त्रीको बोल्ड डिसिजनः छोराछोरी दुबैलाई बराबरी अंशबण्डा गर्न निर्देशन




भूमि ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले देशभरका मालपोत कार्यालयहरुलाई परिपत्र गर्दै पैत्रिक सम्पत्तिमा महिला पुरुषको समान हक कायम गर्न निर्देशन दिएको छ ।

भूमि ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठको मन्त्रिस्तरीय निर्णयपछि या निर्देशन जारी गरिएको हो ।

सम्पत्तिमा महिला पुरुष तथा छोराछोरीबीच समान अधिकारको संवैधानिक तथा कानूनी ब्यवस्था भए पनि अहिलेसम्म कार्यान्वायन हुन सकिरहेको छैन । अब मन्त्रालयले सबै मालपोत कार्यालयहरुलाई परिपत्र गर्दै कुनै विभेद नगरी सबै अंशियारहरुले समान अंश पाउने ब्यवस्था कार्यान्वायन गर्न भनेको छ ।

अहिले अंशबण्डा गर्दा छोराको मात्रै भाग लाग्ने गरिएकोमा अब छोराछोरीलाई विभेद नगरी अंशबण्डा गर्न निर्देशन दिइएको छ ।

Facebook Comments