• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षक संगठन घोराही उपमहानगरको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा चौधरी




दाङ,२८ पुस  । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन घोराही उपमहानगरको प्रथम सम्मेलन सम्पन्न भएको छ।
बुधबार सम्पन्न सम्मेलनले हरिलाल चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा तारा बिष्ट, सचिवमा सुबासचन्द्र बुढा,सह-सचिवमा हिरा कुमारी राणा र कोषाध्यक्षमा धनमाया बिष्ट चयन भएका हुन।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय समिति सदस्य एवम लुम्बिनी प्रदेश अध्यक्ष नारायण भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटी इन्चार्ज निर्मलको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज दिपक, अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज अमर,अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला अध्यक्ष डिल्ली, अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष मेघराज, अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला सदस्य लिलाको आतिथ्य रहेको थियो।
हरिलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुबासचन्द्र बुढाले गरेका थिए।

Facebook Comments