• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रको आठौं महाधिवेशन र आगामी कार्यभार




विश्वराज आचार्य
नेपाली माओबादीहरुको बैचारिक, राजनैतिक श्रोत चिनियाँ जनयुद्ध ,त्यँहाको कम्युनिस्ट पार्टी र त्यसका नेता क. माओत्सेतुङ नै हुन। नेपाली कम्युनिस्ट आन्दोलन संगठित र सन्चालन गर्ने क्रममै यो बिषयमा धेरै बहस भएका छन् । मूलतः नेपाली भूमिमा चिनियाँ मोडेलको क्रान्तिको स्वरुप नै क्रान्तिकारी मोडेल हुने निस्कर्ष तात्कालिन नेतृत्वले निकाल्यो, जुन सही थियो भन्ने कुरा आज ब्यबहारिक पुष्टि भैसकेको छ।

अझ नेपाली कम्युनिस्ट नेता, जसले जनयुद्धको नेतृत्व गरेका थिए, इतिहासको अनुभव र विकास भयका बिचारहरुलाई जडतामा हैन, परिस्थिति सापेक्ष मौलिकता प्रदान गर्दै आएकोको यथार्थता प्रस्ट नै छ। जनयुद्धमार्फत पूर्णरुपमा सत्ता कब्जा गरेको चिनियाँ क्रान्तिलाई मार्गनिर्देशक मान्दै चलेको पेरुको रणनैतिक प्रत्याक्रमणमा पुगेको जनयुद्ध र नेपालमा जनयुद्धमार्फत भएको राजनैतिक परिवर्तनको तुलनाले पनि मौलिकताको महत्त्व प्रस्ट्याउँछ ।

नेपालको रानजैतिक परिवर्तनको आन्दोलनमा माओवादी पार्टी र ययसको नेतृत्वले खेलेको भूमिका अतुलनीय छ। जुन हामी मओवादीहरुका लागि गर्वको बिषय हो। भर्खरै सम्पन्न आठौ महाधिबेशनले जनयुद्ध, जनाअन्दोलन र त्यसले गरेका भीमकाय परिबर्तनको सम्पुर्ण स्वामित्व लिदै त्यसकै आधरमा शान्तिपूर्ण क्रान्तिको बिकास गर्ने संकल्प गरेको छ।

दर्शनशास्त्र, विचारका ठेली पल्टाएर हेर्दा यो निर्णय र प्रयास घोर दक्षिणपन्थी देखिन्छ। समय परिस्थितिको बस्तुनिष्ट विश्लेषण गर्दा मौलिक र सचेत क्रान्तिकारी पहलको रुपमा यो निर्णयलाई लिन सकिन्छ। यस परिबेशमा हाम्रा अगाडि उत्पन्न चुनौती र त्यसको सामना गर्ने स्पस्ट कार्यदिशा र योजना आवश्यक छ।

नेतृत्व बारे
पार्टीको नेता, सही बैचारिक तथा सही राजनैतिक कार्यदिशा प्रदान गर्ने नेतृत्व हो। बिचार र कार्यदिशाअनुसार ब्यबहार र कार्ययोजना हुने र बनाउने कुरा नै क्रान्तिकारीहरुको प्रमुख दायित्व हो। राजनैतिक आन्दोलनको एउटा तर महत्वपूर्ण अध्यायको सफलतापश्चात हाम्रो नेतृत्वमा धेरै प्रकारका प्रश्नहरु जन्मिएका छन । अधिकांश बिषय नियतबस जनताको आन्दोलनलाई कमजोर पार्न नेतृत्वमाथि आक्रमणको उदेश्यले उठाइएका छ्न भने कतिपय उठेका बिषयमा समयमै नेतृत्वको ध्यान नपुग्दा आन्दोलनले ठूलाठूला सम्भावना गुमाएको छ ।

शाान्ति प्रक्रिया सुरु भएको र सत्तामा सहभागी भएको लामै समयपश्चात आठौ महाधिबेशनमा पार्टी नेतृत्वले निर्मम आत्मसमीक्षा गरेको छ। यही आत्म समीक्षामै पनि आजसम्म आइपुग्दा धेरै टिप्पणी भैसकेका छन। हामीले केबुझेका छौं भने रुपान्तरणको उद्देश्यले गरिएको समिक्षा नै क्रान्तिकारी समिक्षा हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले गरेको समीक्षा क्रान्तिकारी समीक्षा नै हो।

यस समीक्षाले जनता र कार्यकर्तामा पैदा भएको विश्वासलाई प्रतिकृयाबादीहरुले निष्तेज पार्न नभ्याउँदै कार्यक्रमिक र ब्यबहारिक रुपान्तरण हुन र गर्न सक्नु आज नेतृत्वको मुख्य चुनौती हो। माओबादी नेता, कार्यकर्ताको कार्यशैली, पार्टीको कार्ययोजना र कर्यन्वयनमा ब्याबहारिक, जनशैलीमा आधारित र साच्चिकै मौलिक बनाउनु हाम्रो पहिलो जिम्मेवारी हो।

महाधिबेशनले सही बिचार र कार्यदिशाकै आधारमा समग्र क्रान्तिकारी नेतृत्व चयन गरेको छ। माथि उल्लेखित चुनौतीको सफलतापूर्वक सामना गर्दै नव गठित केन्द्रिय समितिले परिबर्तनको आन्दोलनलाई नेतृत्व गर्दै नेपाली मौलिकताको बैज्ञानिक समाजवाद स्थापनाको बलियो जग निर्माण गर्नेछ ।

सत्ता वा सरकारबारे
एकातिर शान्तिप्रकृयाको सम्पूर्ण काम आझै सकिएको छैन भने अर्कोतिर पार्टी सत्ता सहकार्यामा लागेको १५ बर्ष पुगेको छ। यो अभ्यास पनि कम्युनिस्ट आन्दोलनमा हाम्रो मौलिक आभ्यास नै हो।सत्तामा वर्गीय पक्षधरता अनिबार्य हुन्छ । पार्टीहरुले आफ्नो सिद्धान्तलाई सत्ताको माध्यमबाट स्थापित र कर्यन्वयन गर्ने कुरा नै राजनीति हो । आधारमा जसरी कुशलतापूर्वक बर्गसंघर्ष संचालन र नेतृत्व गर्न सफल भयका थियौं, उपरिसंरचनामा वर्ग संघर्षको जनताले बुझ्ने गरी पहल गर्न असमर्थक भयौं। राज्यको उपरीसंरचनाबाट वर्गसंघर्ष संचालनमा देखिएका उदारताले जनता र कार्यकर्तामा भ्रम पर्न गएका छन् ।

वर्गीय पक्षधरताका आधारमा राज्यबाट लागु गरिने कार्यक्रम निर्माण गर्ने र सोहीअनुरुप एकीकृत सरकार संचालनको योजना बनाइ कार्यान्वायनमा पहल लिनुपर्दछ। सरकार संचालनमा आवश्यक पहल नपुग्दा कार्यकर्ता र जनतामा पर्न गएको भ्रमलाई ब्यबहारिकरुपमा समाधान गर्नु अर्को चुनौती रहेको छ। निरन्तरतामा नगन्य सुधारले माओबादी लिगेसीको रक्षा हुदैन । सुशासन र सत्ता संचालनमा गुणात्मक फड्को मार्ने गरी पार्टीले कार्यक्रम बनाउन ढिला गर्नै हुदैन।

कार्यदिशाबारे
बृटिश एक पत्रकारले भनेका रहेछन– समाजबाद एक यस्तो टोपी हो, जसलाई मान्छेहरु आफूअनुकूल पहिरिन सक्दछन् किनकी यसको कुनै निश्चित स्वरुप छैन । पूँजीपतिहरुले काल्पनिक राज्यब्यबस्थाको रुपमा समाजवादलाई चित्रण गर्दै, समाजवादका आन्तर्बस्तु समाजबादीकै विरुद्ध प्रयोग गरेका छन । समाजवादको सैद्धान्तिक अबधारणाबाहेक कुनै अरु ठोस मोडेल र अबधारणा छैन । हिजो आज नेपालका राजनैतिक दलहरु समाजवाद उच्चारण नगर्ने कुनै पनि छैनन।

अझ नाम नै समाजबादी राख्ने प्रचलन बढ्दो छ। समाजवाद के हो भन्ने कुरामा जनतामा ठूलो भ्रम पर्ने प्रबल सम्भाबना छ। एकातिर संसदलीय भासमै माओबादी पुगेको अरोप र अर्कोतिर सबैले भनेजस्तै हामीले पनि सोलोडोलो समाजबाद उच्चारणले मात्र कार्यदिशाको आवश्यकता र माग पूरा गर्न सक्दैन।प्रतिस्पर्धा संशोधनवाद हैन, पूँजीपतिहरुसँग चुनाब जितेरै क्रान्तिकारी परिबर्तन गर्न सकिन्छ भन्ने कुरामा जनता र कार्यकर्तास्तरसम्म बिश्वस्त हुने गरी कार्यदिशालाई कार्यक्रममै आभिब्यक्त गर्न बिलम्ब गर्न हुदैन ।

चुनावमा बिजय हासिल गर्ने कार्यदिशाले वर्गीय पक्षधरतालाई फितलो बनाएको छ। हाम्रो पार्टिको मुख्य बर्ग आधार किसान, मजदुर र गरिब जनता हुन भने मध्यम बर्ग र देशलाइ माया गर्ने पूँजीपतिसँगको सहकार्य पनि आनिबार्य नै छ । दलाल पूँजीपति वर्गसँगको प्रत्यक्ष टक्रावबाट नै बहुसंख्यक जनता हाम्रो पक्षमा उभिनेछन । पक्षधरताको बहस र योजना नबन्दै कस्ले कस्को पक्ष लिने गाह्रो बिषय हो भने योजना र कार्यक्रम बिना नै हिजोको बिरासत हेरेरै पक्ष लिइदिनुपर्छ भन्ने चहाना राख्नु मनोगत मान्त्र हैन, नयाँ रुपको सामन्तवादी सोंच हुनजान्छ।

सानो भूगोल, थोरै जनसंख्या भएको हाम्रो मुलुकमा सबैले सबैसँग पहुच कायम गर्न जत्तिको सजिलो छ, त्यत्तिकै व्यक्ति र समूहको वर्ग पहिचान गर्न सजिलो छ। देशलाइ आवश्यक योजना बनायर पूँजीपतिहरुलाइ त्यस योजनामा परिचाल गर्नुपर्दछ। यहाँ त एकाध पूँजीपतिले आफुअनुकूल बनाएको योजनालाई र सरकारले नै सहयोग गर्ने परिपाटील्े देश टाट पल्टिने, व्यक्ति धनि बन्दै जाने पुरानै प्रचलन हाबी छ।

चुनाबमा बहुमत जनतालाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने योजना बनाउन सक्नुपर्दछ। संघर्षकै रुपमा निश्चित दलाल नोकरशाही बर्गसँगको अन्तर्संघर्षको योजनाबद्ध उठान र संचालन गर्नु पर्दछ । माओवादी देशभक्त , जनतान्त्रिक पार्टी हो भन्ने कुरा कर्यक्रम, कर्यदिशा, कार्यशैलीले प्रष्ट पार्नसक्नु पर्दछ।
संगठनबारे
राजनितिक लडाइँको एउटा आवश्यकताबाट जन्मिएको संगठनको स्वरुप र संरचनाको ह्याङोभर बदलिएको संघर्षअनुरुप आवश्यक संरचनाको बाधक बनेको छ । राजनैतिक पार्टी र संगठन वर्गसंघर्षको साधन हो । नेता कार्यकर्ताको चित्त बुझाउने, कर्याकर्ता ब्यबस्थापन गर्ने, अबसर पाउनेले आफू व्यक्ति बिजयीको भावमा ब्यक्त हुने प्रवृत्तिसँग संगठन र नेतृत्वको आवश्यकता र महत्त्वबोध गर्न नसकेको मात्र हैन आन्दोलनमा सांगठनिक अराजकता जन्माउँछ।संगठनमा ब्यक्तिको सहभागिता राजनीतिको आन्तिम उदेश्यजस्तो बन्दै र देखिदैछ। हामी माओबादीहरुले बदलिएको आन्दोलनलाइ कुसलतापूर्वक नेतृत्व गर्दै नेपाली मौलिकतासहितको बैज्ञानिक समाजबादमा पुर्याउन संगठन निर्माण र परिचालनमा नयाँ खोज आनिबार्य बनिसकेको छ ।
मूलभूतरुपमा संगठन संघर्षको साधन त हो नै, संगठन इतिहास र मनोबिज्ञान पनि हो। राज्यको संबिधानमै गरिएको ब्यवस्था, हाम्रो आफ्नै सांगठनिक बिरासत, नयाँ आन्दोलनको आवश्यकताअनुसार संगठनलाई ब्यबस्थित र कृयासिल बनाउने क्रान्तिकारी विधि के हुन सक्छ ? यसको पनि सरल जबाफ प्रतिस्पर्धा नै हो । पार्टी सदस्यता बितरणको आधार निर्धारण र कार्यान्वायनबाट पार्टी संगठन निर्माणको सुरुवात गर्नुपर्दछ। वर्गीय स्खलन र वर्गीइ दृष्टिकोणबारे आउने प्रश्नको समाधानको आधार पनि यही नै हुने छ।

महाधिबेशन नीति, बिचार र योजना निर्माणदेखि नेतृत्व चयनसम्म प्रत्यक्ष पार्टी सदस्यसम्म समाबेश गर्ने बिधिले नेतृत्वलाई जनउत्तरदायी बनाउने छ। हामस्ँग जिउदो अनुभव छ– संसदले सरकार बनाउने र सरकारले आफ्नो निर्वाचत क्षेत्र मात्र हेर्ने, प्रतिनिधिले समितिर समितिले कार्य समिती छान्ने गर्दा अस्वथ गुट प्रेरित भएको छ । तसर्थ, सरकारको कर्यकारी पनि प्रत्यक्ष निर्बाचित र पार्टीका सबै तहका कार्यकारी पनि प्रत्यक्ष निर्बाचित हुने ब्यबस्थाले मात्र संगठनमा मा नयाँ गति पैदा गर्न सक्नेछ।

राष्ट्रिय जागरणको सिर्जना
नेपालको राजनीति राज्यमा उत्साह थप्ने खालको हुन सकेको छैन। जनयुद्धले जगाएको चेतनालाई देशको समृद्धिसँग जोड्न सकिएको छैन । हिजो मुक्ति युद्धमा देखिएका सामूहिक महत्वाकांक्षा आज ब्यक्तिगत स्वार्थ र स्वभावमा अभिब्यक्त भैरहेको छ। कुण्ठा, संकीर्णता, मनोगत, गुटपरस्त प्रवृत्तिको स्रोत नै यही हो।

सबैभन्दा पहिले म नेपालको नेता हुँ, मैले नेपालमा यो गर्नु पर्दछ र यो गर्दछु भन्ने आकांक्षा नेतामा जाग्नुपर्दछ। कार्यकर्तामा म परिबर्तन गरेर आयको योद्धा हुँ र मैले अब पनि देश, जनता र समाजको लागि यो गर्नुपर्दछ भन्ने भन्ने भावनाका साथै सम्पूर्ण नेपाली जनतामा स्वाभिमान र महत्त्वाकांक्षा जगाउन आवश्यक छ । भाषण ले मात्र बनाउन सकिँदैन भन्ने कुरा गयको ५ बर्षमा छर्लङ भैसकेको छ।

पार्टी र देशको प्रमुखले गरेका बतासे कुराले देशमा फैलिएको अराजकताको डुंगुरलाई सफा गर्न आवश्यक छ। जनताले टेकेको भूमिबाट जनतामा महत्त्वाकांक्षा गजाउने हो, योजना निर्माण गरेर कार्यन्वयनमा जनतालाई जोडेर सफलताको महत्त्वाकांक्षी बनाउने हो। नेपालमा सबै कुरा सम्भब छ, मेहनत र परिश्रमले देश बलियो र जनता सबल बनाउन सकिन्छ भन्ने नयाँ महत्त्वाकांक्षा आम नेपालीमा जगाउन आवश्यक छ।

अतः एउटा लडाइँमा योगदान गरेको अनुभवले बिकसित समयक्रमको सबै अध्यायलार्इ नेतृत्व गर्न संभब हुदैन। माक्सबादको मूल मर्म निरन्तर क्रान्तिको सिद्धान्तलाई दह्रो गरी आत्मसाथ गर्दै बदलिएको परिबेशको नेतृत्व गर्ने कुरा असम्भब त छैन तर धेरै कठिन छ। दस्ताबेजमा उठाइएका बिषयमा तर्किक बहस गर्नसक्ने राजनीतिक हैसियत निर्माण गर्नु नेतृत्वको पहिलो कर्तब्य हो। हामीले लडेर देशमा परिवर्तन ल्यायौं, यसलाइ परिमार्जन र विकास गर्दै लैजाने तरिका के हो ? राजनीती, अर्थनीति, उत्पादन नीति, संगठनको अबधारणा, सास्कृतिक मान्यता, जनसम्बन्ध बिस्तार, अन्तर्राष्ट्रिय सन्तुलन, सुरक्षा अबधारणाबारे नयाँ नयांँ खोज आनुसन्धान र कार्यन्वायन नै अबको लडाइ हो र जीतको आधार पनि यही हो ।

हिजो अधिकार प्राप्तिको लडाइँभन्दा हज्जारौं गुणा कठिन र चुनौतीपूर्ण छ, नेपालीको मौलिक समाजवादको यात्रा। जनता र वर्गप्रतिको निस्वार्थ समर्पणले मात्र यो यात्रामा पाइला सकारात्मक दिशातर्फ आगाडि बढन सक्दछन। आशा गरौं, माओवादी नेतृत्व आफैले भनेजस्तै नेपाली मौलिक समाजवाद निर्माणको बाटोमा द्रुत गतिले आगाडि बढ्ने छ ।

Facebook Comments