• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माघ १५ सम्म देशभरका विद्यालय बन्द, अनलाइन कक्षाको प्रबन्ध गर्न निर्देशन




सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयले विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा वार्षिक विदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ गतेसम्म विदा दिने निर्णय गरिएको जनाएको छ । मन्त्रालयले विदाको सो अवधिमा १२ देखि १७ वर्ष उमेरका विद्यार्थीहरुलाई नजिकैको खोप केन्द्रमा गई कोभिड विरुद्धको खोप लगाउन समेत अभिभावकहरूलाई अनुरोध गरेको छ ।

त्यस्तै विदाको अवधिमा विद्यालयहरूको सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्ने प्रबन्ध मिलाउन समेत मन्त्रालयले आग्रह गरेको छ । सो निदेशनले अनलाइन कक्षाको प्रबन्ध गर्ने व्यवस्था गरेको छ ।

Facebook Comments