• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनमतसंग्रहद्वारा वैज्ञानिक समाजवादका लागि जनजागरण अभियान राजपुरमा जारी




दाङ,२६ पुस । नेपाल कम्युनिस्ट पार्टी  राजपुर गाउँ कमिटीले जनमतसंग्रहद्वारा वैज्ञानिक समाजवादका लागि संगठन सहित जनजागरण अभियान तीब्र पारेको छ । पार्टीको राजपुरका इन्चार्ज उज्वलको नेतृत्वमा सो अभियान राजपुरमा निरन्तर चलिरहेको हो ।

पूँजिवाद संसदीय व्यवस्था जनता निकासको विकल्प नभएको हुँदा वैज्ञानिक समाजवाद जनताको विकास र समृद्धिको निकास सहितको विकल्पमा जनमतसंग्रहद्वारा वैज्ञानिक समाजवाद लागु गर्ने अभियान अगाडि बढाएको गाउँ कमिटीले जनएको छ ।

जनमतसंग्रह भइ हाले वैज्ञानिक समाजवादमा मतदान गर्नुपर्ने र यदि संसदवादी पार्टीहरु पूँजिवाद व्यवस्थालाई टेकेर चुनाबमा आए भने ब्यक्ति चुन्ने चनाबलाई जनताको समर्थन हुँदैन भनि गाउँ-गाउँबाट लखटनु पर्छ भन्ने जनचेतनाद्वारा गाउँ, बस्ती, टोल- टोलमा जनजागरण अभियान सञ्चालन भइरहेको कमिटीले सिस्ने अनलाइनलाई जानकारी दियो ।

पार्टीले अभियानको क्रममा जनताको घरमा जन श्रमदानमा पनि गरिरहेको छ ।

Facebook Comments