• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा संघ दाङको अध्यक्षमा गिरी




नेकपा एकीकृत समाजवादीनिकट युवा संघ दाङका अध्यक्षमा हरिश गिरी निर्वाचित हुनुभएको छ ।

तुलसीपुरमा भएको जिल्ला भेलाबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । गिरी युवा ब्यवसायीका साथै पछिल्लो समय दाङमा स्थापित युवा नेता हुनुहुन्छ ।

भेलाले उपाध्यक्षहरुमा महेश नेपाली, जीतबहादुर ओली, मुकेश परियार, बिमला बिक, साजिद मियाँ र अरुण मगर मगरलाई निर्वाचित गरेको छ । सचिव बैठकबाट टुंग्याइने छ भने सहसचिवमा आनन्द बुढाथोकी र जावेद अख्तर निर्वाचित हुनुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा शिशिर पुन निर्वाचित हुनुभएको छ । जिल्ला कार्य समित ७७ सदस्यीय रहेको छ ।

उपाधयष्क्ष्ग जविन रानाको अध्यक्षता नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीको प्रमुख आतिथ्यमा भएको भेलालाई पार्टी केन्द्रीय सदस्य हिराचन्द्र केसी, युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, कोषाध्यक्ष विकास दुवाडीलगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments