घोराही, २५ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले अहिलेको परिस्थितिमा घोराहीमा गर्ने भनेको मेला महोत्सव तथा कृषि प्रदर्शनी स्थगित गरेको छ । केही दिन अघिसम्मको परिस्थितिलाई मध्यनजर राख्दै मेला महोत्सव संचालन गर्ने मनसायका साथ नियामक निकायबाट सिफारिस माग गरे पनि अहिले जिल्लामा कोरोनाका संक्रमित दैनिक उल्लेख्य रुपमा फेला परिरहेको हुँदा उत्पन्न असहज अवस्थामा कुनै प्रकारको औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी आयोजना नगर्ने अवस्थामा पुगेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिनुभएको छ ।
उद्योग वाणिज्य संघले माघको ७ गतेदेखि १७ गतेसम्म औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी संचालन गर्ने योजना बनाएको थियो । जसका लागि घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट पनि औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी संचालनको सिफारिस र अनुमति लिन पत्राचार भएको थियो ।
पुस ९ गते गरिएको पत्राचारका आधारमा उद्योग वाणिज्य संघले आन्तरिक तयारी गरेपनि अब परिस्थिति सहज नबनुन्जेलसम्म स्थगित गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
