घोराही, २४ पुस । घोराही १५ मा रहेको अम्बेकेश्वरी क्याम्पसका विद्यार्थीहरुले वृद्दाश्रमका वृद्धवृद्दाहरुलाई लत्ताकपडा तथा फलफूल वितरण गरेका छन् । वृद्दाश्रमका वृद्धवृद्दाहरुलाई चिसो छल्न तथा सन्तुलित भोजनका लागि विद्यार्थीहरुले वृद्दाश्रमको भवनमा शनिबार एक कार्यक्रमका बीच सो लत्ताकपडा वितरण गरेका हुन् ।
क्याम्पसका विद्यार्थीले समाजिक उतरदायित्व अन्तर्गत वृद्धवृद्दाहरुलाई लत्ताकपडा, मोजा, टोपि ,स्विटर, फलफूल तथा भोजन वितरण गर्दै वृद्धवृद्दाहरुलाई खुशी बनाउका तथा मनोरञ्जन दिनका लागि नाचगान समेत गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
